नेपाल पे र स्मार्ट क्युआरबीच अन्तरआबद्धता

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाल पे क्युआर र स्मार्ट क्युआरबीच अन्तरआबद्धता सुरू भएको छ । अन्तरआबद्धतासँगै प्रयोगकर्ताले नेपाल पे क्युआरमा आबद्ध भएका मोबाइल बैंकिङ, वालेट तथा कनेक्ट आइपिएसका स्मार्ट क्युआरको मर्चेन्टमा स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् । स्मार्ट क्युआरमा आबद्ध मोबाइल बैंकिङ र वालेटका प्रयोगकर्ताले नेपाल पे क्युआर स्क्यान गरी भुक्तानी गर्न सकिनेछ ।

स्मार्ट च्वाइस टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजू, नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नीलेशमानसिंह प्रधानलगायत बैंक तथा वित्तीय संस्थाहरूका प्रतिनिधिको उपस्थितिमा सेवा सुरूवातको घोषणा भएको हो ।

अन्तरआबद्धतापछि ग्राहक र मर्चेन्टले भुक्तानीका लागि निश्चित क्युआर खोजिराख्नु नपर्ने र दुवै नेटवर्कका इस्युइङ एप र मर्चेन्ट क्युआरले काम गर्ने बताइएको छ ।

दुवै नेपाल पे क्युआर र स्मार्ट क्युआरको क्युआर भुक्तानी हाल माछापुच्छ्रे बैंक, सानिमा बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, ग्लोबल आइएमई बैंक, एभरेष्ट बैंक, एनआइसी एसिया बैंक, हिमालयन बैंक, कामना सेवा विकास बैंक, गरिमा विकास बैंक, आइसिएफसी फाइनान्स, आइएमई पे खल्ती, प्रभु पे, हाम्रो पे, सेल पे, एनक्यास, आइक्यास, पेवेललगायतका वालेट तथा कनेक्ट आइपिएसबाट स्क्यान गरी भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?