काठमाडाैं । राष्ट्रियसभा सदस्य भैरवसुन्दर श्रेष्ठले नेपालमा लगानीको सुनश्चितता नभएको भन्दै विदेशी लगानीहरु फर्किन थालेको बताउनुभएको छ ।
मंगलवार राष्ट्रियसभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले चिनियाँ कम्पनीहरुले निर्माण गर्ने भनिएका आयोजनाहरु लगानीको सुनश्चितता नभएका कारण कतिपय फर्किसकेको र कतिपय फर्किने तयारीमा रहेको बताउनु भयो । उहाँले अहिलेको सरकार र गठबन्धनका दलहरुले विदेशी लगानीमैत्री वातावरण बनाउन नसकेर राष्ट्रघात गरिरहेको आरोप लगाउनु भयो ।
उहाँले भन्नुभयो, ‘चिनियाँ कम्पनीहरुले निर्माण गर्ने भनिएका आयोजनाहरु आज उनीहरु आफूले उत्पादन गरेका बिजुलीहरु नेपालका लागि उत्पादन गरिएको बिजुलीको सुनिश्चितता नभएपछि, आफ्नो लगानीको सुनिश्चितता नभएपछि उहाँहरु फर्किने कुरा गरिरहनुभएको छ । कतिपय आयोजनाहरु फर्काइसक्नुभएको छ । कतिपय फर्किने चरणमा हुनुहुन्छ । यस्तो खालको राष्ट्रघात अहिलेको सरकारको प्रधानमन्त्री र सिंगो मन्त्रीपरिषद्ले गठबन्धनका दलले राष्ट्रघात किन गरेको हो ? हामी चिन्तित छौँ ।’
राष्ट्रियसभा सदस्य श्रेष्ठले प्रधानमन्त्री र सिंगो मन्त्रीपरिषद्ले लगानीमैत्री वातावरण बनाउन नसकेको बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच