यस्तो छ- आजको विदेशी मुद्राको विनिमय दर

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६०रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३१ रूपैयाँ ४९ पैसा र बिक्री दर १३२ रूपैयाँ ०९ पैसा तथा युरोपियन युरो एकको खरिददर १४४ रूपैयाँ ६९ पैसा र बिक्री दर १४५ रूपैयाँ ३५ पैसा कायम गरिएको छ ।

हिजो अमेरिकी डलरको खरिद दर १३१ रूपैयाँ ८१ पैसा र बिक्री दर १३२ रूपैयाँ ४१ पैसामा कारोबार भएको थियो भने युरो एकको खरिद दर १४४ रूपैयाँ४२ पैसा र बिक्री दर १४५ रूपैयाँ ०८ पैसामा खरिदबिक्री हुन पुगेको थियो ।

बेलायती पाउण्ड एकको खरिद दर १६९ रूपैयाँ ७७ पैसा र बिक्री दर १७० रूपैयाँ ५४ पैसामा कारोबार गर्न अनुमति दिएको राष्ट्र बैंकले अस्ट्रेलियन डलर एकको खरिद दर ८७.६४ रुपैयाँ रहेको छ भने बिक्री दर ८८.४ रुपैयाँ तथा क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ४ पैसा र बिक्रीदर ९९ रुपैयाँ ५० पैसामा किनबेच गर्न सकिने जनाएको छ ।

जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ३६ पैसा र बिक्रीदर ९ रुपैयाँ ४१ पैसामा कारोबार हुदाँ दक्षिण कोरिया वन १०० को खरिदमा १० रूपैयाँ १७ पैसा र बिक्रीदर १० रूपैयाँ २२ पैसामा पाइनेछ ।

यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ०८ पैसा र बिक्री दर ३६ रूपैयाँ २४ पैसा कायम गरेको जनाएको राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.५ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.२१ रुपैयाँ तथा मलेसियन रिंगिट एकको खरिद दर २८.२३रुपैयाँ रहेको छ भने बिक्री दर २८.३६ रुपैयाँमा कारोबार गर्न सकिनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?