कोशीका मुख्यमन्त्री थापाको पद तत्काललाई जोगियो (अदातलको आदेशसहित)

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति तत्काललाई जोगिएको छ ।

कोशी प्रदेश सरकारको बर्खास्तको माग राख्दै सर्वोच्चमा एमालेले रिट दायर गरेको थियो ।

प्रदेशसभाका सभामुख बाबुराम गौतमको हस्ताक्षरलाई मान्यता दिएर उद्धव थापाको नेतृत्वमा गठन गरिएको सरकारविरुद्ध निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले सर्वोच्च अदालतमा रिट दर्ता गर्नुभएको थियो ।

बुधबार न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले यो आदेश दिएको हो । साथै सर्वोच्चले मुख्यमन्त्री उद्धव थापा नेतृत्वको सरकारलाई मुद्दा किनारा नलागुन्जेल दीर्घकालीन प्रभाव पार्ने कुनै पनि निर्णय नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

सर्वोच्चले आदेशमा थापाले मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेश गर्दा बुझाएका प्रदेशसभा सदस्यहरुको समर्थन, दाबी, हस्ताक्षर लगायतका कागजात र प्रदेश प्रमुख परशुराम खापुङले गरेको नियुक्तिको निर्णयको सक्कल साउन ३ गतेभित्र झिकाउन आदेश दिएको छ ।
त्यसपछि ७ गते पेशी तोक्न र निरन्तर सुनुवाइ गर्न पनि आदेशमा भनिएको छ ।

प्रदेश प्रमुख परशुराम खापुङले नेपाली कांग्रेसका थापालाई कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्तका लागि सभामुख  गौतमको समेत हस्ताक्षर भएको भन्दै एमालेले विरोध गर्दै आएको छ ।

हेर्नुहोस् आदेश

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?