अर्यालको ‘नेपाली खेलकुदको वृत्तान्त’ सार्वजनिक  

Read Time = 2 mins

काठमाडौं । दुई दशकभन्दा लामो समयदेखि खेलकुद पत्रकारितामा क्रियाशील नवीन अर्यालले खेल क्षेत्रको इतिहासबारे लेखेको पुस्तक ‘नेपाली खेलकुदको वृत्तान्त’ मंगलबार सार्वजनिक भएको छ ।

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनले काठमाडौंमा आयोजना गरेको नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय पदक दिलाउने धावक जितबहादुर केसी, युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बू, शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनकी अध्यक्ष रेणु शाह, प्राध्यापक पी खरेल, नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठ, प्रकाशक क्रिएटिभ्स बुक्सका अध्यक्ष टिएस ठकुरी र लेखक अर्यालले संयुक्तरूपमा सार्वजनिक गर्नुभएको थियो ।

लेखक अर्यालले पुस्तकमा नेपाली खेलकुद विकासको ऐतिहासिक घटनाक्रम, अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता, खेलाडीका सन्दर्भ, खेलकुद क्षेत्रका विभिन्न व्यक्तिको भूमिकालगायतलाई समेटिएको बताउनुभयो ।

पुस्तक तयार पार्नेक्रममा खेल–इतिहाससम्बन्धी तथ्यांक जुटाउन कठिन भएको स्मरण गर्दै अध्ययनका लागि भारतको नयाँदिल्लीका पुस्तकालयसम्म पुगेको बताउनुभयो । नेपाली खेलकुदमा कुन समयमा के भएको थियो भन्ने सिलसिलाबद्धरूपमा पढ्न सहज हुने अर्यालको विश्वास छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?