निःशुल्क शिक्षा नारामा सीमित, विद्यालयले मनपरी शुल्क उठाउँदै

दीपककुमार शर्मा बर्दिया, संवाददाता
Read Time = 3 mins

बर्दिया । बर्दियाको बारबर्दिया नगरपालिकाले कुनै पनि बहानामा सामुदायिक विद्यालयले विद्यार्थीबाट शुल्क नलिन गरेको निर्देशनलाई केहि विद्यालयले लत्याएका छन् ।

बारबर्दिया नगरपालिकामा रहेको अमर सहिद दशरथचन्द मावि खैरेनीले अभिभावकसंग तोकेरै शुल्क लिएको पाइएको छ । विद्यालयले कक्षा १ देखि ३ सम्म प्रति विद्यार्थी १ सय रुपैयाँ , कक्षा ४ देखि ७ सम्म २ सय रुपैयाा र ८ कक्षा देखि १० कक्षा सम्म ३ सय रुपैयाँ विना रसिद रकम उठाइरहेको पाइएको हो । नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयहरुलाई आफु खुशी विद्यालय शुल्क नलिन निर्देशन दिएकोमा त्यसलाई बेवास्ता सो विद्यालयले शुल्क उठाउने गरेको अभिभावकहरुको गुनासो छ ।

पालिकाले आधारभूत अनिवार्य तथा निःशुल्क र माध्यामिक तह निःशुल्क घोषणा गरेको स्मरण गराउादै पालिकाले सूचना निकालेरै कुनै पनि शुल्क नलिन निर्देशन दिएको थियो । पालिकाले दिएको निर्देशन विपरित शुल्क लिइएको पाइएमा प्रचलित कानुन बमोजिम कारवाहिको चेतावनी दिएको भएपनि विद्यालयले आफु खुशी विभिन्न बहानामा शुल्क उठाउने गरेका छन् । विना रसिद तोकेरै अभिभावकसंग रकम माग गरिएको विषयमा विद्यालयका प्रधानाध्यायापक छविलाल पोख्रेललाई सम्पर्क गर्दा उहाँले जवरजस्ती शुल्क नमागिएको अभिभावकले स्वइच्छाले दिएको दावी गर्नु भयो ।

उहाँले विद्यालयको अन्य स्रोत नभएको हुँदा केहि कामका लागी तोकेरै नभएर अभिभावकसंग सहयोग मागेको बताउनु भयो । साथै उहाँले जवरजस्ती भने नगरेको बताउनु भयो ।

अभिभावकसंग विद्यालयलाई सहयोग माग गरेकोमा केही अभिभावकले दिन नसक्ने भने पछि परीक्षामा सहभागी नगराइने भन्दै विद्यालयले जवरजस्ती गरेको अभिभावकहरुको भनाई रहेको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?