झापाको चन्द्रगढीका लागि उडेको बुद्ध एयरको विमान बीचबाटै काठमाडौं फर्काइयाे

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं ।  झापाको चन्द्रगढीका लागि उडेको बुद्ध एयरको विमान बीचबाटै काठमाडौं फर्काइएको छ ।

त्रिभुवन विमानस्थलबाट उडेको नाइनएन-एजेओ जहाज समस्या आएको भन्दै १५ मिनेटमै फर्काइएको हो ।

त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार १ बजेर ५३ मिनेटमा उडेको जहाज १५ माइल उडेपछि 'इन्डिकेसन' मा समस्या देखिएपछि फर्काइएको हो । जहाजमा ६६ जना यात्रु थिए । यात्रुलाई अर्कै जहाजमा पठाउने तयारी भइरहेको छ ।

काठमाडौंबाट उडेको केही समयमै इण्डिकेसन समस्या आएपछि जहाज काठमाडौंमै फिर्ता गरिएको बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?