पाटन बहुमुखी क्याम्पस बैतडीको प्रमुखमा विनोद भण्डारी नियुक्त

डम्बर बोहरा बैतडी, संवाददाता
Read Time = 1 min

बैतडी । बैतडीको पाटन बहुमुखी क्याम्पसको प्रमुखमा बिनोद भण्डारी नियुक्त हुनुभएको छ ।

सुदुरपश्चिम विश्वविद्यालय अन्तर्गत पाटन बहुमुखी क्याम्पसको प्रमुखमा भण्डारीलाई नियुक्त गरेको सुदूरपश्चिम विश्रविद्यालय सेवा आयोगको कार्यालयले जनाएको छ ।

क्याम्पसका उपप्राध्यापक समेत रहनुभएका भण्डारीलाई सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति कार्यालयले नियुक्त गरेको हो । पाटन नगरपालिका वडा नं ६ नै घरभएका भण्डारी विगत १५ वर्षदेखि क्याम्पसमा अध्यापन गराउँदै आउनु भएको छ । यसअघि पाटन बहुमुखी क्याम्पसमा उत्तम भण्डारी क्याम्पस प्रमुख हुनुहुन्थ्यो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?