हलिउड अभिनेता युनियन हडतालको समर्थनमा प्रियंका

Read Time = 1 min

एजेन्सी । हलिउडका लेखक तथा कलाकारहरूले राम्रो पारिश्रमिक र काम गर्ने वातावरणको माग गर्दै यो हड्ताल गरिरहेका छन् । हलिउड अभिनेता युनियन हड्तालको समर्थनमा अभिनेत्री प्रियंका चोपडा पनि आउनुभएको छ ।

प्रियंका चोपडाले आफू आफ्ना सहकर्मीसँग उभिएको बताउनुभएको छ । प्रियंका चोपडाले इन्स्टाग्राममा पोस्टर शेयर गर्दै लेख्नुभएको छ, ‘सग अफ्रा (स्क्रिन एक्टर्स गिल्ड अमेरिकन फेडेरेसन अफ रेडियो एन्ड टेलिभिजन आर्टिस्ट) बलियो । म मेरो युनियन र सहकर्मीको साथमा उभिन्छु । एकतामा हामी राम्रो भोलिको निर्माण गर्छौं ।’ हडतालकर्ताले आर्टिफिसियल इन्टेलिजेन्स र कम्प्युटरले बनाएको अनुहार र आवाजको प्रयोगले कलाकारहरूको जागिरलाई जोखिममा नपार्ने आश्वासन पनि मागिरहेका छन् । सन् १९८० पछि हलिउडमा यो पहिलो हडताल हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?