मिलन र अनुपको स्वरमा ‘एक कदम’ (भिडियोसहित)

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । मिलन नेवार र अनुप रेग्मीको स्वरमा रहेको गीत ‘एक कदम’ सार्वजनिक भएको छ । कमला न्यौपानेको शब्द, येदिन गजमेरको संगीत र रूपम सिंह गुरुङको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

केशवराज भट्टको निर्देशन रहेको गीतको भिडियोमा स्मारिका ढकाल र प्राञ्जल न्यौपानेको अभिनय देख्न सकिन्छ । भिडियोमा एक रोमान्टिक प्रेमी जोडीको सफल कथा भएको र भिडियोले प्रेमी प्रेमिका चोखो मायामा डुब्दा कुन हदसम्म जान सक्छन् भनेर देखाउन खोजिएको छ ।

मानकृष्ण महर्जनको छायांकन रहेको भिडियोमा बान्दे प्रसादको सम्पादन छ । भिडियोको कलरिङ राजेन्द्र मोक्तानले गर्नुभएको हो रेकडिङ गुञ्जन रेकडिङ स्टुडियो अनामनगरमा भएको हो । प्रकाश न्यौपानले निर्माण गरेको भिडियो तरंग द वेभ क्रियशनमार्फत सार्वजनिक गरिएको छ ।

भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?