‘कमेडी क्लब विथ च्याम्पियन’ बन्द हुने !

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । ‘कमेडी क्लब विथ च्याम्पियन’ केही समयका लागि बन्द भएको छ । ६९ वटा शृंखला प्रशारण भएको यो टेलिभिजन शो केही समयका लागि मात्रै बन्द भएको ‘कमेडी क्लब विथ च्याम्पियन’का प्रोडुसर तथा होस्ट विशाल भण्डारीले बताउनुभएको छ ।

उहाँले सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘१६ महिनाको हाम्रो यात्रा निकै रमाइलो भयो । यो लामो यात्रामा हामीलाई केही यमय ब्रेक पनि चाहिएको थियो, त्यसैले हामीले केही महिनाका लागि शो ब्रेक गरेका छौं, हामी करिब चार महिनापछि पुनः नयाँ ऊर्जाका साथ दर्शकलाई हसाउँन आउने छौं ।’ पुरानै टिम आउने तर थप परिस्कृत र परिमार्जित भएर आउने उहाँको भनाइ छ ।

उहाँले भन्नुभएको छ, ‘हामी चाडै छोटो विश्रामपछि रिचार्ज भई सुरुवाती ऊर्जामै फर्केर यहाँहरूलाई हासोको फोहरा छुटाउन अवश्य आउने छौं । तब सम्मलाई हाम्रो टिम ‘कमेडी च्यापियन सिजन-३’ लिएर चाडै आउँदैछौं । माया र साथ कायम रहोस् । हास्ने र हसाउने क्रम जारी रहनेछ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?