सिनामंगलमा भेटिएको शंकास्पद बस्तु बम नभएको पुष्टि, एकजना पक्राउ

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । काठमाडौं सिनामंगलस्थित खोटाङ हलेसी ज्वेलर्समा राखिएको शंकास्पद बस्तु बम नभएको पुष्टि भएको छ । सुन पसलको सटर अगाडि राखिएको बस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गर्ने क्रममा बम नभएको पुष्टि भएको हाे ।

सुन पसलमा शंकास्पल बस्तु राखेर त्रास फैलाएको आरोपमा प्रहरीले रौतहटका खजाञ्ची पासवानलाई पक्राउ गरेको छ । उनलाई सुन पसल नजिकैको होटलमा लुकेर बसेको अवस्था प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका पासवानलाई  गौशाला प्रहरीमा राखिएको छ ।

आफूसँग पटक पटक फोन नगरेर पाँच लाख रुपैयाँ नदिए बम राख्न धम्की आएको सुन पसल सञ्चालक मने विश्वकर्माले बताउनुभएकाे छ ।

सुन पसलमा संयोजक सफलको नाममा पर्चा टाँसिएको थियो । जसमा लेखिएको छ, ‘खोटाङ हलेसी ज्वेलर्सको साहुजी हाम्रो पार्टी नेपाल उत्थान क्रान्तिकारी पार्टीलाई सपोर्ट गर्नुहोस् । तपाईँको सहयोगले हाम्रो देश र जनताहरूलाई ठूलो प्रगति हुनेछ भन्ने हाम्रो आश हो । यहाँ आरडीएक्स बारुदको बम राखिएको छ । सावधान रहनुहोला ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?