सुव्रतको निर्देशनमा ‘बादल वर्षा बिजुली’

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । १८ वर्षअघि निर्मित चलचित्र ‘कर्तव्य’को गीत ‘बादल वर्षा बिजुली’ पुनः रेकर्ड गरी नयाँ भिडियोसहित सार्वजनिक गरिएको छ । यो गीत टिकटकबाट भाइरल भएसँगै युट्युब लगायतका विभिन्न प्लेटफर्ममा करोडौंपटक हेरिएका कारण यसलाई नयाँ भर्सनमा ल्याइएको हो । पुनर्जीवित गीतमा गायक आनन्द कार्की र गायिका प्राश्ना शाक्यले पुनः स्वर भर्नुभएको छ । पुरानो भर्सन फणिन्द्र राईले एरेञ्ज गर्नुभएको थियो भने नयाँ भर्सनमा उदयराज पौडेलको एरेञ्ज छ ।

राजधानीमा हालै आयोजित कार्यक्रमबीच गीत नयाँ भिडियोसहित सार्वजनिक गरिएको थियो । सुव्रत आचार्यले निर्देशन गरेकोे भिडियोमा बिजु पार्की र कविता नेपालीले अभिनय र नृत्य गर्नुभएको छ । कोरियोग्राफर प्रवीण सिंहले बिजु र कवितलाई आकर्षक ढंगले पानीमा जोडदार रूपले नचाउनुभएको छ । भिडियोको क्रियटिभ निर्देशक जया शर्मा हुनुहुन्छ भने छायांकन उत्सव दाहाल र सम्पादन बिजेश पौडेलले गर्नुभएको छ ।

गीत सार्वजनिक कार्यक्रममा बोल्दै गायक कार्कीले वर्षौंपछि गीतलाई ब्युँताइदिएकोमा टिकटक प्रयोगकर्तालाई धन्यवाद दिनुभयो । उहाँले १८ वर्ष पहिले नै आफूले गाएको गीत अहिलेको पुस्तालाई समेत मन परेकोमा खुसी व्यक्त गर्नुभयो । गायिका शाक्यले १८ वर्ष पहिले पनि लोकप्रियता पाएर स्टेजमा गाएको गीतको सम्झना गर्दै पुनः चर्चामा आउँदा सपनाझैं महसुस भएको सुनाउनुभयो । गीतकार करुण थापाले यो गीत लेख्दा लागेको समय र परिवेशको चर्चा गर्नुभयो । गीतका संगीतकार सचिन सिंहले पनि गीत तयार पार्दाका विभिन्न आयामबारे बताउनुभयो । गीतको नयाँ भिडियो गायक कार्कीको युट्युब च्यानलमा अपलोड गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?