कपन बानेश्वरको वार्षिकोत्सवमा सम्मान अर्पण

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । कपन बानेश्वर साहित्यिक साप्ताहिक एघार वर्ष पूरा गरी बाह्र वर्ष लागेको अवसरमा शुक्रबार विशेष कार्यक्रम आयोजना गरी सम्मान तथा पुरस्कार अर्पण गरेको छ । पत्रिकाका सल्लाहकार वरिष्ठ उपन्यासकार शंकर भारतीको सभापतित्वमा भएको सो कार्यक्रममा साहित्यकार विमल अर्याललाई वरिष्ठ साहित्यकार प्राध्यापक जगत्प्रसाद उपाध्यायले प्रमाणपत्र, दिव्य गिरीले खादा, गायक पुष्कर जंगमले माला, पत्रकार गंगाप्रसाद भेटवालले सास प्रदान गरी कबा विशिष्ट सम्मान अर्पण गर्नुभयो ।

साहित्यिक पत्रकार मुरारी सिग्देललाई वरिष्ठ साहित्यकार विजय चालिसेले प्रमाणपत्र, किशोर पहाडीले खादा, रामप्रसाद पन्तले माला, प्रवीण जोशीले सास र केशव सान्दाइले नगद प्रदान गरी महेन्द्र चालिसे कबा साहित्यिक पत्रकारिता पुरस्कार २०७९ अर्पण गर्नुभएको थियो । यसरी नै दिवाकरप्रसाद आचार्यलाई नालाङ कबा रचना पुरस्कार २०७९, शान्ति रिसाललाई पुष्करप्रसाद श्यामा खरेल कबा रचना पुरस्कार २०७९, रमेशचन्द्र घिमिरेलाई गंगा लिगल कबा रचना पुरस्कार २०७९, युगीन नेपाललाई हेमगंगा कबा रचना पुरस्कार २०७९ र तिलक पोखरेल (म्यान्मा) लाई कबा रचना पुरस्कार २०७६ अर्पण गरिएको थियो ।

उहाँहरूलाई क्रमशः वेदमणि घिमिरे, गौरी आचार्य, अच्युतप्रसाद पौडेल चिन्तन, चेतनाथ धमला, विनोद रूपाखेतीले प्रमाणपत्र, वासुदेव गुरागाई, अरुणा खरेल, रामचन्द्र दाहाल, विक्रम श्रेष्ठ सागरले खादा, ओमप्रसाद कोइराला, करुणा खरेल, राधेश्याम लेकाली, पुरुषोत्तम ढुंगेल, कात्यायनले माला, शितल गिरी, डा. गीता खरेल, रजनी बस्नेत, अश्विनी कोइरालाले सास र माधवलाल श्रेष्ठ, सञ्चिता खरेल, गंगा लिगल, कविता आचार्य, परशुराम अधिकारीले नगद समर्पण गरेर पुरस्कृत गर्नुभएको थियो । सभापति शंकर भारतीले स्वागत, कार्यक्रम सञ्चालक विमल कोइरालाले धन्यवाद र पुरस्कृत हुनेहरूका तर्फबाट दिवाकरप्रसाद आचार्य र रमेशचन्द्र घिमिरेले छोटो सम्बोधन राख्नुभएको थियो ।

त्रिलोचन आचार्य, दुर्गा अधिकारी भमरकोटे र पविता न्यौपाने काफ्लेले पुरस्कृतहरूका बारेमा रचना वाचन गर्नुभएको थियो । सहभागीहरूमध्येबाट तारा खड्काले भाग्यशाली पुरस्कार जित्नुभएकाले शारदा आचार्यले खादा र नगद प्रदान गरी सम्मानित गर्नुभएको थियो । नेपालको पहिलो र एकमात्र साहित्यिक साप्ताहिक पत्रिका कपन बानेश्वर २०६९ सालदेखि हरेक शुक्रबार निरन्तर रूपमा प्रकाशित हुँदै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?