एरोनको ‘सुस्तरी’ सार्वजनिक

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । कीर्तिपुरका उदयीमान १४ वर्षीय गायक एरोन महर्जनको गीत ‘सुस्तरी’ सार्वजनिक भएको छ । विभिन्न पुरस्कार समारोहमा अवार्ड विजेता बाल गायक एरोनको ‘सुस्तरी’ गीतको भिडियो बागमती प्रदेशका पर्यटन, संस्कृति, सहकारीमन्त्री पुकार महर्जनले एक कार्यक्रमबीच सार्वजनिक गर्नुभएको हो ।

प्रमुख अतिथि मन्त्री महर्जनले गीतको भिडियोको प्रशंसा गर्दै यस्ता भिडियोहरूमा देशको कला, संस्कृति र सांस्कृतिक पक्षलाई कथावस्तुमा उनेर बनाउनुपर्ने राय व्यक्त गर्नुभयो । साथै उहाँले यस्ता गीतका भिडियो र चलचित्रलाई सहयोग गर्न प्रदेश सरकार तयार रहेको पनि बताउनुभयो ।

किशोर उमेरका केटाकेटीको टिन एज लभको कथावस्तुमा बनेको ‘सुस्तरी’को भिडियो कन्सेप्ट गायक एरोनकी आमा राज्यलक्ष्मी महर्जनको छ । भिडियोमा गायक एरोनको साथमा लुमिला जोशीले अभिनय गर्नुभएको छ । लुमिला पनि सांगीतिक परिवारसँगै सम्बन्धित कलाकार हुनुहुन्छ । लुमिला स्वर्गीय गायक द्वारिकालाल जोशीकी नातिनी र गायिका लसता जोशीकी सुपुत्री हुनुहुन्छ भने उहाँ आफैं गायिका पनि हुनुहुन्छ ।

गीतमा शब्द र संगीत भुवन महर्जनको छ । गीतको भिडियोको कोरियोग्राफी अन्नु महर्जनको रहेको छ भने छायांकन दिनेश महर्जनले गर्नुभएको छ । दृश्य सम्पादन, रंग समिश्रण र निर्देशन योवन शाक्यले गर्नुभएको छ । ध्व छक्वः रेखाया, आजु द्यः, स्वन्हु, शहीदलगायतका लघु चलचित्र बनाई विभिन्न पुरस्कार जितिसक्नुभएका निर्देशक शाक्यबारे बोल्दै सो प्रिमियर कार्यक्रममा विशिष्ट अतिथि विजयरत्न असंबरेले योवन शाक्यमा अकुत शिल्पकारिताको भण्डार छ तर त्यसको सदुपयोग म्युजिक भिडियो र चलचित्र क्षेत्रमा नभएको धारणा राख्नुभयो । गायक महर्जनको यसअघि नेपाल भाषाको गीत ‘यःमां’ सार्वजनिक भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?