काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप पौडेलले मानिस सधैँ विद्यार्थी अवस्थामै हुने बताउनुभएको छ । ‘मानिस जीवनभरि नै सिकिरहने चरणमा हुने भएका कारण ऊ सधैँ विद्यार्थी नै हो,’ उहाँले भन्नुभयो । साहित्यकार वियोगी बुढाथोकीको पुस्तक ‘काठमाडौंलाई महासागरको पानी’ र शिवपुरी सन्देशको सयौं अंकको लोकार्पण समारोहमा उहाँले उक्त कुरा बताउनुभएको हो ।
पौडेलले औपचारिक शिक्षापछि पनि मानिसको सिक्ने कामले निरन्तरता पाइरहन्छ भन्दै लेखाइलाई कल्पनाभन्दा भोगाइको संग्रहका रूपमा लिँदा राम्रो हुने धारणा राख्नुभयो । ‘आफूले जानेको कुरा अरूलाई दिन कति सकिन्छ त्यो साहित्यले गर्नुपर्छ र साहित्यले कहिल्यै पनि विध्वंसलाई प्रोत्साहन दिनुहुँदैन, रचनात्मकतालाई मात्र प्रोत्साहन गर्नुपर्छ,’ उहाँले भन्नुभयो ।
शिवपुरी साहित्य समाजका सभापति विष्णुबहादुर सिंहको सभापतित्वमा आयोजित कार्यक्रममा पौडेल प्रमुख अतिथि रहनुभएको थियो भने मोहन दुवाल विशिष्ट अतिथि हुनुहुन्थ्यो । अतिथिहरूलाई शकुन्तला बुढाथोकीबाट रातो टीका लगाएर प्रारम्भ गरिएको कार्यक्रममा प्रमुख अतिथि तथा अतिथिहरूले पुस्तकको लोकार्पण गर्नुभएको थियो । शिवपुरी साहित्य समाजका संरक्षक तथा पुस्तकका लेखक वियोगी बुढाथोकीले स्वागत मन्तव्य राख्नुभएको थियो । उहाँले आफूले यस पत्रिकालाई सयौं अंकसम्म पुर्याउँदाका अनेकौं अप्ठ्याराहरू र अनुभवहरूसमेत सुनाउनुभएको थियो ।
शिवपुरी सन्देशको सयौं अंकमाथि युवराज मैनाली र ‘काठमाडौंलाई महासागरको पानी’ माथि अनुपमा रेग्मीले टिप्पणी गर्नुभएको थियो । दीपक लोहनीले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा शिवपुरी सन्देशका उपाध्यक्ष शंकर भारतीले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच