अख्तियारद्वारा प्रमुख प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध मुद्दा

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ओखलढुंगाको सिद्धिचरण नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भोजराज खतिवडासहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले आइतबार विशेष अदालत काठमाडौंमा उनीहरूविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

नेपाल विद्युत् प्राधिकरण, ओखलढुंगा वितरण केन्द्रका तत्कालीन कार्यालय प्रमुख सञ्जीव साह, वडा नम्बर १० का तत्कालीन वडा अध्यक्ष दामोदर धमला, तत्कालीन इञ्जिनियर अमृतकुमार दाहाल र तत्कालीन खानेपानी तथा सरसफाइ प्राविधिक दिलकुमार बुढाथोकीसहित १० जनाविरुद्ध मुद्दा दायर गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिनुभयो ।

आर्थिक वर्ष २०७५/०७६ मा सिद्धिचरण नगरपालिकाको वडा नं. १० मा विद्युतीकरणको कार्यको लागि लागत अनुमान स्वीकृत गरी नगरपालिका र उपभोक्ता समितिको जनसहभागिताबाट समेत व्यहोर्ने गरी केन्द्रीय विद्युत्का लागि तार, पोल ट्रान्सफर्मर खरिद एवं निर्माण आयोजनामा भ्रष्टाचार भएको आयोगको दाबी छ ।

उपभोक्ता समितिका अध्यक्ष डिककुमार धमला र सिद्धिचरण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज खतिवडाबीच सम्झौता भएकोमा उक्त योजनामा नेपाल विद्युत् प्राधिकरण ओखलढुंगाबाट निःशुल्क प्राप्त तथा खरिद नै नगरिएको सामग्रीहरूको समेत भुक्तानी गरी चार लाख ७७ हजार ८९९ रुपैयाँ भुक्तानी दिई भ्रष्टाचार गरिएको अभियोगपत्रमा उल्लेख छ ।

वइजल एसिएसआर कन्डक्टर, स्टिल ग्यालभनाइज पोल, स्याकल इन्सुलेटर डि आइरन सेट, पिन इनसुलेटर स्पिन्नडल सामानहरू लिई सोही सामग्रीलाई नमामी सप्लायर्स लहानको भ्याट बिल आयोजना सुरु हुनुभन्दा अघिको मिति राखेर खरिद गरेको भनी फर्जी बिल पेस गरी भ्रष्टाचार गरेको अभियोग पत्रमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
1 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?