१९ राउण्ड गोलीसहित एकजना पक्राउ

Read Time = 1 min

पर्सा । वीरगञ्ज महानगरपालिका-८ भानुचोकबाट शर्टगनमा प्रयोग हुने १९ राउण्ड गोलीसहित भारत बिहार पश्चिम चम्पारण लगुन्नाह बस्ने २२ वर्षीय मुरारी कुमारलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरीले उनलाई जाँच गर्न खोज्दा उनले बोकेको झोला फाली भागे पश्चात झोला तलासी गर्दा उक्त गोली फेला परेको थियो ।

तत्कालै जिल्ला प्रहरी कार्यालय पर्सा, वडा प्रहरी कार्यालय बिर्ता र वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको संयुक्त टोलीले उनको खोजी गर्ने क्रममा सोही महानगरपालिकास्थित प्रभु अस्पताल नजिकै भाग्दै गरेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?