बाढीले बगाएको स्कार्पियो निकाल्ने प्रयास जारी

विवेक खड्का दाङ, संवाददाता
Read Time = 1 min

दाङ । तुलसीपुरबाट घोराहीतर्फ आउँदै गरेको स्कार्पियो खोलामा आएको बाढीले बगाएको छ ।

तुलसीपुर उपमहानगरपालिका – १४ जनकपुरमा स्थानीय खोलामा आएको बाढीले तुलसीपुरबाट घोराहीतर्फ आउँदै गरेको बा ११ च १५११ नम्बरको स्कार्पियो बगाएको हो ।

बिहान पौंने ११ बजेतिर बाढीले बगाएको स्कार्पियो निकाल्ने प्रयास भइ रहेको प्रहरी सहायक निरीक्षक दीपक चन्दले जानकारी दिनुभएको छ । स्कार्पियोमा चालक मात्रै रहेको र उनको उद्धार गरिएको प्रहरीले बताएको छ ।

जिल्लामा बिहानदेखि परिरहेको पानीका कारण नदी तथा खोलाहरुमा पानीको बहाब ह्वात्तै बढेको छ । सरोकारवालाहरुले सावधानी अपनाउन आग्रह गरेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?