पाँचौं ताम्राकार फुटसल सम्पन्न

Read Time = 2 mins

काठमाडौं । ताम्राकार समाजद्वारा आयोजित ताम्राकार फुटसल प्रतियोगिताको पाँचौं संस्करणको लिग चरण आइतबार सम्पन्न भएको छ । थापाथलीस्थित द ब्रिटिस कलेजले मुख्य प्रायोजन गरेको प्रतियोगिताको उद्घाटन समाजका निवर्तमान अध्यक्ष रविन्द्रराज ताम्राकार एवं कलेजका प्रशासकीय प्रमुख अमरदीप मण्डलले संयुक्ततरूपमा गर्नुभएको थियो । सानेपास्थित फिल्ड फुटसल ग्राउण्डमा भएको प्रतियोगितामा विभिन्न आठवटा उद्योग र कम्पनीले टिमको प्रायोजन थिए भने ललितपुरका विभिन्न समाजका ६० भन्दा बढी खेलाडीले सहभागिता जनाएका थिए ।

शनिबारको लिग चरणमा ओरियन इलेक्ट्रिकल दिल हृयाण्डिक्राफ्ट र टेकम्याकस डिजिटल सलुसनलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका छन् भने विके सुनचाँदी पसलले भैरवनाथ आइरण इण्डष्ट्रीलाई पराजित एवं श्रीनन्द मिठाई भण्डार र मेड्स मार्ट फार्मेसीसँग बराबर भई सेमिफाइनल प्रवेश गरेका छन् ।

त्यस्तै, आर्ट फेसन नेपालले ओरियन इलेक्ट्रिकललाई पराजित एवं टेकम्याकस डिजिटल सलुसन र दिल हृयाण्डिक्राफ्टसँग बराबर भई सेमिफाइनल, मेड्स मार्ट फार्मेसीले भैरवनाथ आइरन इण्डष्ट्री र श्रीनन्द मिठाइ भण्डारलाई पराजित र विके सुनचाँदी पसलसँग बराबरी भई सेमिफइनल प्रवेश गरेको आयोजकले जनाएको छ । आगामी शनिबार हुने सेमिफाइनल एवं फाइनलमा विजेता तथा उपविजेता टोलीले आकर्षक ट्रफी, मेडलका साथै नगद पुरस्कार प्राप्त गर्नेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?