रिलायबल नेपाल लाइफको आइपिओमा आजसम्म आवेदन दिन सकिने

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आइपिओमा आवेदन दिने बुधबार अन्तिम दिन हो । वैदेशिक रोजगारीमा रहेका नेपालीहरु आज कार्यालय समयभित्र यस कम्पनीको आइपिओमा आवेदन दिन सक्नेछन् । यस इन्स्योरेन्सले असार २७ गतेबाट वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आइपिओ बिक्री खुला गरेको हो ।

कम्पनीले सर्वसाधारणलाई जारी हुने १ करोड २० लाख कित्ताको १०५ अर्थात् १२ लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री खुला गरेको छ । यसले फेस भ्यालूमा प्रतिकित्ता १५७ रुपैयाँ प्रिमियम थप गरेर २५७ रुपैयाँका दरले आइपिओ बिक्रीमा ल्याएको हो । यो आइपिओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार ४ सय कित्ताका लागि आवेदन दिन पाइनेछ ।

लगानीकर्ताले सी-आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । रेटिङ एजेन्सी केयर नेपालले यस इन्स्योरेन्सको आइपिओलाई ‘केयरएनपी त्रिपल बी प्लस इस्यूअर रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको जनाउँछ । यो आइपिओमा सिभिल क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?