कोशी पीडितले क्षतिपूर्ति नदिएको भन्दै पुनः आन्दोलन गर्ने

अनिल पोखरेल सप्तरी, संवाददाता
अनिल पोखरेल सप्तरी, संवाददाता
Read Time = 2 mins

राजविराज । कोशी नदीबाट पीडित भएकाहरूले लामो समयदेखि क्षतिपूर्ति नदिएको भन्दै पुनः आन्दोलन गर्ने भएका छन् ।

बुधबार नेपाल पत्रकार महासंघ, सप्तरीको कार्यालयमा पत्रकार सम्मेलन गर्दै उनीहरूले आगामी साउन २३ गतेदेखि आन्दोलन शुरु गर्ने बताए ।

विसं. २०११ मा कोशी ब्यारेज स्थापना हुँदा पानीको बहाबले जग्गामा लागेको बाली क्षति भएमा भारत सरकारले दिने सम्झौता भएको थियो ।
सम्झौता अनुसार दुबै देशका सर्वेक्षक, सम्बन्धित कार्यालयका अधिकृतले ७ हजार ६३३ बिगाहा ८ कट्ठा २ धुर जग्गाको क्षतिपूर्ति दिन सिफारिस गरिएको थियो ।

पटक पटक यो क्षतिपूर्ति दिने सन्दर्भमा नेपाल तथा भारत सरकारको ध्यानाकर्षण गराउँदा पनि पाउन नसकेको कोशी नदी कटान डुबान पीडित संघष समितिका संयोजक महिदेव प्रसाद चौधरीले हाम्रा देशका प्रधानमन्त्री, मन्त्री भारत जादा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदा समेत क्षतिपूर्ति दिने सहमति भैसक्दा पनि पाउन नसकिएको बताउनु भयो ।

उहाँले कोशी नदीबाट सप्तरी, सुनसरी र उदयपुरका बासिन्दा पीडित भएको भन्दै क्षतिपूर्तिको माग गर्दै साउन २३ गतेदेखि कोशी ब्यारेज केन्द्रित आन्दोलन गर्दै चक्काजाम समेत गरिने बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?