करेन्ट लागेर हाइड्रोमा कार्यरत कामदारको मृत्यु

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 1 min

भोजपुर । निर्माणाधिन हाइड्रोमा काम गर्ने कामदारको करेन्ट लागेर मृत्यु भएको छ ।

भोजपुरको उत्तरमा रहेको षडानन्द नगरपालिका वडा नं. १ मा निर्माणाधिन चिर्खुवा हाईड्रोका कामदारको करेन्ट लागेरे मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।

प्रहरीका अनुसार सर्लाही जिल्लाको लालबन्दी नगरपालिका वडा नम्वर ३ का १७ बर्षिय सुशान्त चौधरीलाई शनिवार हाईड्रो भित्र काम गर्ने क्रममा लाइन सर्ट भई अचानक करेन्ट लागेको थियो ।

घाइते चौधरीलाई तत्काल उपचारको लागि षडानन्द नगरपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्र मुलपानी, दिङला लाने क्रममा मृत्यु भएको हो । घटनाको सम्बन्धमा थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?