नबिल र स्वस्तिक लघुवित्तबीच सम्झौता

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड र स्वस्तिक लघुवित्त वित्तीय संस्थाबीच सम्झौता भएको छ । लघुवित कम्पनीले जारी पुँजीको ४० प्रतिशत सेयर सर्वसाधारणमा सार्वजनिक निष्कासन गर्ने विषयमा सम्झौता भएको हो ।

सम्झौता पत्रमा लघुवित्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत धिरेन्द्रलाल कर्ण र निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ प्रमुख कार्यकारी अधिकृत मनिषनारायण जोशीले हस्ताक्षर गर्नुभएको हो ।

सिरहा जिल्ला लहान नगरपालिका वडा नम्बर ८ मा रहेको स्वस्तिक लघुवित्त मधेश प्रदेशस्तरको लघुवित्त वित्तीय संस्था हो । कम्पनीले हाल १३ हजारभन्दा बढी परिवारमा वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?