सूचना प्रविधिको अथाह सम्भावना रहेको भारतमा फक्सकनले थप लगानी गर्ने

Read Time = 3 mins

नयाँदिल्ली । विद्युतीय सामग्री तथा उपकरण उत्पादनका निम्ति विश्व प्रख्यात ताइवनी कम्पनी फक्सकनका प्रमुखले सूचना प्रविधिको क्षेत्रमा लगानी गर्ने अथाह सम्भावना भएको भारतमा कम्पनीले थप लगानी गर्ने बताएका छन् ।

सूचना प्रविधिको क्षेत्रमा उपकरण उत्पादनमा नाम कमाएको उक्त कम्पनीले भारतको तमिलनाडुमा १६ अर्ब रुपैयाँको लागतमा विद्युतीय उपकरण बनाउने कारखाना खोल्न सहमति जनाएको दुई दिनपछि कम्पनीका प्रमुख योङ लिउबाट थप लगानीको प्रतिबद्धता सार्वजनिक भएको हो ।

फक्सकनले तमिलनाडुमा ‘इलेक्ट्रोनिक कम्पोनेन्ट’ उत्पादन गर्ने कारखानामा छ हजारभन्दा बढीले रोजगारी पाउने छन् । तमिलनाडु सरकारका एकजना वरिष्ठ अधिकारीका अनुसार राज्यको राजधानी चेन्नइ नजिकको कञ्चीपुर जिल्लामा कारखाना स्थापना गरिनेछ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले गत शुक्रबार गुजरातको गान्धीनगरमा फक्सकनका प्रमुख योङलाई स्वागत गर्दै ‘सेमिकण्डक्टर’ उत्पादन गर्ने कारखाना स्थापना गर्न आग्रह गर्नुभएको थियो । अधिकांश आधुनिक औद्योगिक प्रतिष्ठानदेखि कम्युटरलगायत यन्त्र तथा उपकरणका लागि आवश्यक पर्ने सेमिकण्डक्टर भारतजस्तो लोकतान्त्रिक मुलुकमा गर्नु फक्सकनका निम्ति लाभदायक हुने उहाँले बताउनुभएको थियो ।

संसारभरका लगानीकर्तालाई भारतमा चिप र सेमिकण्डक्टर बनाउने उद्योगमा लगानी गर्न आहृवान गर्दै त्यसबाट प्राप्त हुने अथाह लाभ उठाउन प्रधानमन्त्रीले आग्रह गर्नुभयो । चिप र सेमिकण्डक्टर बनाउनु भारतको मात्र आवश्यकत नभएको उल्लेख गर्दै उहाँले विश्वलाई आवश्यक पर्ने विश्वसनीय चिपको आपूर्ति भारतबाट हुने बताउनुभयो

प्रमुख कार्यकारी अधिकृत योङले प्रधानमन्त्री मोदीको ‘मेक इन इण्डिया सेमिकण्डक्टर’ दूरदर्शी योजनाको सराहना गर्दै भारतसग साझेदारी गर्न तयार रहेको बताउनुभयो । उहाँले भरपर्दो साझेदार भारतसँग सहकार्य एवम् साझेदारी गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले तीनदिने ‘सेमिकन इण्डिया’ सम्मेलनमा भाग पनि लिनुभएको थियो । रासस÷एएनआई ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?