क्यानडाका प्रधानमन्त्री जस्टिन टुडोको ‘डिभोर्स’

Read Time = 1 min

एजेन्सी । क्यानडाका प्रधानमन्त्री जस्टिन टुडो र उहाँकी पत्नी सोफीबीच डिभोर्स (छोडपत्र) भएको छ । उहाँहरूले सन् २००५ मा अर्थात् १८ वर्षअगाडि बिहे गर्नुभएको थियो ।

प्रधानमन्त्री टुडोले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत् आफूहरू अलग हुन लागेको जानकारी दिनुभएको हो । ‘म र सोफी तपाईंलाई यो कुरा भन्न चाहन्छौं कि धेरै अर्थपूर्ण र कठिन छलफलपछि हामीले अलग हुने निर्णय गरेका छौं,’ उहाँले लख्नुभएको छ, ‘एकअर्कालाई सम्मान, मायाका साथ सधैंझैं परिवारसरह रहने छौं ।’

क्यानडाको प्रधानमन्त्री कार्यालयका अनुसार उहाँहरूले छोडपत्रमा हस्ताक्षर गरिसक्नुभएको छ । यद्यपि दुवै सार्वजनिक कार्यक्रममा देखिनुहुनेछ । विगतमा भने उहाँहरूसँगै सार्वजनिक कार्यक्रममा कम देखिनुभएको थियो । टुडो र सोफीका तीन सन्तान छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?