सबैले राम्रो गर्दा मात्र प्रस्तुति उत्कृष्ट : चक्रबहादुर बराल, छायाँकार

गीता अधिकारी
Read Time = 10 mins

सिन्धुली गोलन्जोर गाउँपालिका-५ स्थायी घर हुनुभएका बासु बराल काठमाडौंलाई कर्मथलो बनाएर आफ्ना क्रियशन श्रोतामाझ पस्किरहनुभएको छ । थुप्रै गीतका भिडियोबाट कुशल छायाँकारको छवि निर्माण गर्नुभएका बरालले ‘विन्दास-३, फुर्के, डिल्लीराम’ जस्ता चलचित्रमा पनि आफ्नो कौशल प्रदर्शन गर्नुभएको छ । १२ सयभन्दा बढी गीतका भिडियोमा छायाँकन गरेको बताउनुहुने बराल केयर टेकरका रूपमा यो क्षेत्रमा प्रवेश गर्नुभएको हो । एक दशकदेखि निरन्तर यो क्षेत्रमा आफ्ना क्रियशन पस्किरहनुभएका बरालको पहिलो प्रस्तुति म्युजिक भिडियो ‘बाटो बर्खाको’ रहेको थियो । नाम, इज्जतका लागि आफू यो क्षेत्रमा आएको बताउनुहुने बराल निर्देशकको कन्सेप्टलाई उतार्न सक्ने खुबी सिनेमेटोग्राफारमा हुनुपर्ने बताउनुहुन्छ । सबैले राम्रो गर्दा मात्र प्रस्तुति उत्कृष्ट हुने बताउनुहुने सिनेमेटोग्राफर चक्रबहादुर बरालसँग हिमालय टाइम्सका लागि गीता अधिकारीले गर्नुभएको कुराकानीको संक्षिप्त अंशः-

अहिले के गर्दै हुनुहुन्छ ?
छायाँकन क्षेत्रमा रहेको व्यक्ति भएका हुनाले यसैसँग सम्बन्धित कार्यमा नै आफूलाई तल्लीन बनाइरहेको छु । आफ्ना केही व्यक्तिगत कार्य र केही सामाजिक कार्यमा पनि आफूलाई संलग्न गराइरहेको हुन्छु ।

कसरी आउनुभयो यो क्षेत्रमा ?
मलाई क्यामेरा चलाउन निकै मन पथ्र्यो । हरेक कुरालाई नयाँ-नयाँ तरिकाबाट प्रस्तुत गर्न मन पथ्र्यो । आफ्ना प्रस्तुतिलाई कसरी नयाँ रूपमा बाहिर ल्याउने भन्ने रहिरहन्थ्यो सधैँभरि । यसले पनि होला म यो क्षेत्रमा आएँ । अर्को नाम, इज्जतका लागि पनि यो क्षेत्रमा आएँ ।

कोबाट सिक्नुभयो ?
मैले क्यामेरा चलाउँदै गर्दा बेसिक नलेज त थियो । तर, आफूमा अझ निखार ल्याउनका लागि अनामनगरमा रहेको आभास स्टुडियोमा सिकेँ । गजेन्द्र सर, राजु सरसँग सिकेँ । पछि साथी जस्तै हुनुहुन्छ सन्दीप खनाल, यस्तै मधुर बस्नेत दाइसँग पनि धेरै कुरा सिक्ने मौका पाएँ । फेरि नयाँ–नयाँ कुरा सिक्नका लागि अहिले पनि अध्ययन गरिरहेको हुन्छु म । विश्वमा कुन टेक्निकको विकास भइरहेको छ । कसरी छायाँकन भइरहेको छ । कुन प्रविधि प्रयोग भइरहेको छ भन्ने विषयमा इन्टरनेट र अन्य विविध माध्यमबाट म सिकिरहेको हुन्छु । नयाँ-नयाँ टेक्निक यो क्षेत्रमा आइरहेको हुन्छ आफूलाई अपडेट गर्न पनि सिकिरहेको हुन्छु म ।

एउटा छायाँकारले मुख्य कुरा केमा ध्यान दिनुपर्छ ?
हामीले स्टोरी बेसमा रहेर काम गर्ने हो । निर्देशकको कन्सेप्टअनुसार जुन किसिमले उतार्न खोजेको हुन्छ त्यहीअनुसार रियल लाग्ने हिसाबले हामीले गर्नुपर्छ । स्टोरीलाई विशेष ध्यान दिएर त्यसमा फोकस हुनुपर्छ ।

कत्तिको चुनौती छ यो क्षेत्रमा ?
हरेक क्षेत्रमा चुनौती हुन्छ । फेरि यो क्रिएटिभ पार्ट हो । यसमा चुनौती छ र हुन्छ नै । पर्दामा प्रस्तुतिलाई कसरी उत्कृष्ट प्रस्तुत गर्ने भन्ने हुन्छ हरेक समय । पहिलाको भन्दा कसरी उत्कृष्ट प्रस्तुत गर्ने भन्ने पनि हुन्छ ।

जतिसुकै राम्रो कन्सेप्ट, स्टोरी, निर्देशन, अभिनय भए पनि त्यसको छायाँकन राम्रो भएको छैन भने त्यो प्रस्तुति खल्लो हुन्छ नै । हरेक प्रस्तुतिको मुख्य भाग नै छायाँकन हो । फेरि यो एउटा टिम वर्क हो । सबैले राम्रो गर्दा मात्र प्रस्तुति उत्कृष्ट हुने हो । जति राम्रो खिचे पनि अभिनय भएन भने पनि त्यो राम्रो हुँदैन । कथावस्तु पनि राम्रो हुनुपर्‍यो । सबैको स्थान महत्वपूर्ण हुन्छ । पर्दामा देखिनेको जति महत्व हुन्छ पर्दापछाडि काम गर्नेको त्योभन्दा बढी महत्वपूर्ण स्थान हुन्छ ।

कम्प्रोमाइज कत्तिको गर्नुपर्छ ?
कम्प्रोमाइज त हुन्छ नै । हामीकहाँ विभिन्न आवश्यक चिजको अभाव हुन्छ त्यसमा कम्प्रोमाइज गर्नुपर्ने हुन्छ । कथाले मागिरहेको जस्तो ठ्याक्कै दिन सकिँदैन, या सामग्री उपलब्ध हुँदैन । त्यसमा पनि कम्प्रोमाइज गर्नुपर्ने हुन्छ । जसले गर्दा उत्कृष्ट प्रस्तुति नआउने सम्भावना हुन्छ नै ।

एउटा सिनेमेटोग्राफरमा हुनैपर्ने कुरा के हो ?
क्यामेरासम्बन्धी विभिन्न ज्ञान त हुनैपर्‍यो । यस्तै सट साइज, लाइटिङदेखि लिएर निर्देशकले के कुरा उतार्न खोजेको छ त्यो उतार्न सक्नुपर्‍यो । नयाँ-नयाँ इक्युपमेन्ट आइरहेको हुन्छ त्यो थाहा हुनुपर्छ ।

भविष्यको योजना ?
म विगत दश वर्षदेखि यो क्षेत्रमा निरन्तर छु । यो समयसम्म आइपुग्दा मैले आफूमा रहेको ज्ञानलाई भरपूर प्रयोग गर्न पाएको छैन । अर्थात् आफूमा रहेको खुबीलाई पूर्ण रूपमा प्रस्तुत गर्ने प्लेटर्फम पाएको छैन । हलिउड, बलिउड लेभलमा काम गर्ने योजना छ । आफ्ना प्रस्तुतिलाई अझ उचाइमा पु¥याउने धोको छ ।

यहाँले यो क्षेत्रमा पुर्‍याएको योगदान स्वरूप थुप्रै मान-सम्मान र अवार्ड प्राप्त गर्नुभएको छ, कस्तो पाउनुहुन्छ फर्केर हेर्दा ?
तपाईंले भनेजस्तै म यो क्षेत्रमा विगत एक दशकदेखि छु । यो क्षेत्रमा म निरन्तर छु । निरन्तर कार्य गर्दै जाँदा विभिन्न मान-सम्मान र अवार्ड प्राप्त भएका छन् । एपिक अवार्ड, साधना म्युजिक अवार्ड, छायाँ छवि तीज अवार्ड, नेशनल पावर न्युज अवार्ड जस्ता प्राप्त भएका छन् । यस्ता मान-सम्मान, पुरस्कार र अवार्डले आफूलाई अझ जिम्मेवारी बोध हुने र अझ उत्कृष्टता प्रदान गर्न पाए हुन्थ्यो भन्ने लाग्दोरहेछ । फर्केर हेर्दा आफूले राम्रै गरेको जस्तो लाग्छ ।

एउटा गीतको भिडियो या चलचित्र उत्कृष्ट बन्नका लागि सिनेमेटोग्राफरको स्थान कत्तिको महत्वपूर्ण हुन्छ ?
यो एकदम जटिल प्रश्न हो । जतिसुकै राम्रो कन्सेप्ट, स्टोरी, निर्देशन, अभिनय भए पनि त्यसको छायाँकन राम्रो भएको छैन भने त्यो प्रस्तुति खल्लो हुन्छ नै । हरेक प्रस्तुतिको मुख्य भाग नै छायाँकन हो । फेरि यो एउटा टिम वर्क हो । सबैले राम्रो गर्दा मात्र प्रस्तुति उत्कृष्ट हुने हो । जति राम्रो खिचे पनि अभिनय भएन भने पनि त्यो राम्रो हुँदैन । कथावस्तु पनि राम्रो हुनुपर्‍यो । सबैको स्थान महत्वपूर्ण हुन्छ । पर्दामा देखिनेको जति महत्व हुन्छ पर्दापछाडि काम गर्नेको त्योभन्दा बढी महत्वपूर्ण स्थान हुन्छ ।

अन्त्यमा,
हामीकहाँ के चलन छ भने पर्दामा आएकाहरूको मात्र वाही वाही हुन्छ । पर्दामा वाही वाही बटुल्नेलाई त्यो स्थानसम्म पुर्‍याउनका लागि पर्दापछाडिको पनि त्यत्तिकै महत्वपूर्ण स्थान रहेको बुझ्नुपर्छ । पर्दापछाडिकाले गरेको मिहिनेतका कारण नै पर्दामा उत्कृष्टता प्रदर्शन हुने हो । इण्डस्ट्री राम्रो हुनका लागि हाम्रोलाई होइन राम्रोलाई काम गराउनुपर्छ भन्ने सोचको विकास हुनुपर्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?