दुव्र्यसनविरुद्धको कार्यक्रममा ‘सरी मम’ को विशेष शो

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । एन.एफ.आई क्रियसन प्रा.लि प्रस्तुति रहेको शैक्षिक जनचेतनामूलक चलचित्र ‘सरी मम’ को दुव्र्यसनविरुद्धको कार्यक्रममा विशेष प्रदर्शनी सम्पन्न भएको छ । यो चलचित्र लागूऔषधको कुलतको विषयमा जनचेतना जगाउने उद्देश्यले लागूऔषध दुव्यर्सनविरुद्धको कथामा चलचित्र तयार गरिएको हो । यो चलचित्रले किशोरावस्था र युवापुस्ताका दर्शकलाई सचेतना जगाउने गर्ने अपेक्षा चलचित्रको रहेको छ ।

त्यही विषयलाई ध्यानमा राख्दै धापासी जेसीज र टोखा नगरपालिकाको सहकार्यमा शनिबार लागूऔषध दुव्र्यसनविरुद्धको अभियान कार्यक्रममा सँगै विशेष शो सम्पन्न गरिएको हो ।

कार्यक्रममा सभापति धापासी जेसीज २०२३ का अध्यक्ष जेसी सुरज अधिकारी प्रमुख अथिति तथा नगर प्रमुख तथा उपप्रमुख मुरारी तामाङ रहनुभएको थियो । त्यस्तै, विशिष्ट अथिति नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष जेसीआई सेन विकाश मानन्धर, विशेष अथिति टोखा नगरपालिका वडा अध्यक्ष, शिक्षकलगायत विद्यार्थी-अभिभावकसँगै कलाकार प्रभात पाल रेजिना मगरसमेत सहभागी रहनुभएको थियो । कार्यक्रम धापासी जेसिज टोखाले आयोजना गरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?