आफ्नो टोल आफैँ बनाउँ भन्दै ‘जागृती सेवा समाज’

हिमालय टाइम्स
Read Time = 2 mins

ललितपुर । ललितपुरको जागृती सेवा समाजले आफ्नो टोल आफैँ बनाउँ अभियानलाई तिब्रता दिएको छ । टोल मिले सुन्दर समाजको सृजना हुन्छ भन्ने उदाहरण यहाँ देखिएको छ ।

ललितपुरको महालक्ष्मी–५ टिकाथलीमा समाजले कार्यालय उद्घाट र सचेतना कार्यक्रमको आयोजना गरेको हो । जसको शुभारम्भ वडाका अध्यक्ष कपिल केसीले गर्नुभएको थियो । २०६२ सालदेखि नै क्रियाशीसल हुँदै आएको समाज २०७८ सालमा विधिवतरुपमा दर्ता भई सामाजिक कार्यमा सक्रिय रहेको समाजका अध्यक्ष (योग) युवराज खतिवडाले बताउनुभयो ।

समाजले टोललाई सुन्दर समाजको परिकल्पना गर्दै विभिन्न गतिविधिहरू गर्दै आएको छ । समाजले आवद्ध सदस्यहरूको घरमा आपतकालिन अवस्था सृजना भएमा सहयोगस्वरुप दश हजार रुपैयाँ सहयोग गर्र्दै आएको छ ।

धार्मिक संस्कृतिक घरेलु हिंसा, महिला हिंसा, लैंगिक हिंसाका बारेमा जनचेतना जाग्रित गराउँदै, टोलबासीहरूलाई एकतावद्ध गराउन बनभोज, तीर्ययात्रा, बिभिन्न मठमन्दिर अवलोकन, प्राथमिक स्वाथ्य शिविर, विपत व्यवस्थापन र लागूऔषध सम्बन्धित जनचेतना कार्यक्रमहरू पनि समाजले गरिरहेको छ । यस्तै महिलाहरूको पाठेघर, स्तन लगायतको समस्या समाधानका लागि प्राथमिक उपचारमा सहयोग गर्दै समाज अगाडी बढेको यसका सदस्यहरूले बताएका छन् ।

सो कार्यक्रममा बोल्दै वडा अध्यक्ष कपिल केसीले सबैलाई एकजुट भई वडामा हुने अप्रिय घटना निरुसाहित गर्न आहृवान गर्नुभएको छ ।

टोलबसीहरूको उपस्थिति भएको सो कार्यक्रमा बोल्दै बक्ताहरूले टोलमा चोरी र उश्रृंखल गतिबिधि बढेको भन्दै प्रत्येक टोल घुम्तीमा तत्काल सि.सि. क्यामसरा जडान गर्न वडा अध्यक्ष केसीलाई आग्रह गरेका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?