कांग्रेस रुपन्देहीले सुुरु गर्‍याे विशेष आन्तरिक अभियान

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 4 mins

रुपन्देही । नेपाली कांग्रेस रुपन्देहीले पार्टीको १० दिने बिशेष अन्तरिक अभियान सुुरु गरेको छ । पार्टीको केन्द्रीय समितीको निर्णय अनुुसार जिल्लामा पनि बिषेश आन्तरिक अभियान सुुरु गरिएको हो ।

पार्टीका अन्तरिक कमीकमजोरी पत्ता लगाई त्यसको सुधार गर्दै पार्टीलाई एककाईसौ सताब्दीको गतिशिल, चलायमान, सवल एवं सक्षम बनाउने उदेश्यले आन्तरिक अभियान सुरु गरिएको नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणले बताउनु भयो ।

उहाँका अनुसार अभियानका लागी केन्द्रीय समितीबाट केन्द्रीय सदस्य पुुस्पा भुुसाल, प्रदेश समितीबाट गुल्मीका पूर्व पार्टी सभापति त्रलोकी प्रताव सेन प्रतिनीधीको रुपमा खटिएका छन् । प्रतिनिधीहरुले अभियानको उदेश्यबारे जिल्लालाई जानकारी गराईएको छ । त्यसको साथै मंगलवार बसेको जिल्ला कार्य समीतीको बैठकले पनि क्षेत्र र स्थानीय तहमा जिल्लाबाट प्रतिनिधी खटाउने निर्णय गरेको छ । केन्द्र र प्रदेश प्रतिनिधीको उपस्थितीमा यहि साउन २५ गते क्षेत्र नं १, २६ गते क्षेत्र नं २, २८ गते क्षेत्र नं ३, २९ गते क्षेत्र नं ४ र ३० गते क्षेत्र नं ५ मा क्षेत्रीय एवं प्रदेश समितीसगं कार्यक्रम हुने छ । जिल्ला बाट खटिएका प्रतिनिधिहरुले पालीका समितीसँग समन्वय गरेर यहि बिचमा कार्यक्रम गर्ने र साउन ३२ गते अभियानको औपचारी समापन गरिने सचिव हरि काफ्लेले जानकारी दिनुभयो ।

उहाँका अनुसार जिल्लाले पनि क्षेत्र नं १ मा कोषाध्यक्ष हरिप्रसाद अर्याल, क्षेत्र नं २ मा सह सचिव वासुदेव रिमाल, ३ मा सचिव हरी काफ्ले, ४ मा सहसचिव बिष्णु थापा र क्षेत्र नं ५ मा सचिव परमानन्द भट्टराईलाई खटाएको छ ।

त्यस्तै जिल्ला सदस्यहरुलाई स्थानीय तहमा खटाईएको छ । देवदह नगरपालीकामा राजकुमार काफ्ले, तिलोत्तमामा सिता पोख्रेल, ओम सतियामा मोहम्द सलिम खाँन, रोहीणीमा तिलक ज्ञवाली, बुुटवलमा खिम क्षेत्री, सैनामैनामा सुनिता चौधरी, सिद्धार्थनगरमा हरिकला पाण्डे, सियारीमा कविता लम्साल, सुद्धोधनमा तारा चौधरी, मायादेविमा शुुष्मा हमाल, कोटहीमाईमा प्रीयङ्का शाही, मर्चवारीमा डिल बहादुुर चौधरी, सम्मरीमाईमा प्रकाश गुुप्ता, लुम्विनीमा जीवन बन्धु तिवारी, गैडहवामा रुद्रमान चौधरीलाई खटाएको बताईएको छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?