विज्ञान संकायका विद्यार्थीलाई कटारी नगरपालिकाले नि:शुल्क पढाउने

हिमालय टाइम्स
Read Time = 2 mins

-सरोज निरौला
उदयपुर । यसै शैक्षिक सत्रदेखि पहिलो पटक कक्षा ११ बाट विज्ञान संकाय पढाउन सुरु गरेको त्रिवेणी नमुना माविका विज्ञान संकायका विद्यार्थीहरुलाई कटारी नगरपालिकाले निशुल्क पढाउने भएको हो ।

उदयपुरको कटारी नगरपालिकाले वडा ४ स्थित त्रिवेणी नमुना माविमा विज्ञान संकायमा कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुलाई कटारी नगरपालिकाले निशुल्क पढाउने भएको हो ।

विद्यालयमा विज्ञान संकायको पहिलो वर्ष कक्षा ११ मा २५ जना विद्यार्थी भर्ना भएका छन् ।

विद्यालयका प्रधानाध्यापक वालकृष्ण कार्कीका अनुसार विद्यालयले प्रवेश परीक्षा लिएर उत्तीर्ण भएका २५ जनालाई विज्ञान संकाय पढाउन सुरु गरेको हो ।

कटारी नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठका अनुसार नगरपालिकाले नगरको गौरबको आयोजनामा राखेर आर्थिक वर्ष २०८०/८१ मा १५ लाख बजेट छुट्याउँदै विज्ञान संकाय पढाउने अनुमति दिएको हो ।

नगरपालिकाले नगरका १४ वटै वडा र अन्य विपन्न लगायतका विद्यार्थीहरुलाई छात्रवृत्तिमा पढाउने तयारी गरेको थियो ।

छात्रवृत्तिसँगै सवै विद्यार्थी निशुल्क अर्थात छात्रवृत्तिमा पढाउने मेयर राजेशचन्द्र श्रेष्ठले बताउनुभयो ।

 

 

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?