सुन तस्करी प्रकरण : उच्चस्तरीय छानबिन समिति गठन गर्न प्रधानमन्त्रीद्वारा अस्वीकार

हिमालय टाइम्स

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । सरकारले सुन तस्करी काण्डको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न अस्वीकार गरेको छ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको शीर्ष तीन दलको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उच्चस्तरीय छानबिन समिति गठन गर्न अस्वीकार गर्नुभएको हो ।

बैठकमा उहाँले एक क्विन्टल सुन प्रकरणमा अनुसन्धानको जिम्मा सिआइबीलाई दिइएको र उक्त अनुसन्धान सकिएपछि आवश्यक परे छानबिन समिति गठन गर्ने बताउनु भएको थियो ।

तीन दलको तेस्रो चरणको बैठकमा एमालेले गृहमन्त्री नारायणकाजी श्रेष्ठको सुन तस्करी सम्बन्धि जवाफ सुन्न तयार भएसँगै आज अपरान्ह ३ बजे बोलाईएको प्रतिनिधिसभा बैठक पनि सूचारु हुने भएको छ । गृहमन्त्रीलाई सो सम्बन्धि जवाफ दिन र सांसदहरुले पनि आ–आफना निर्वाचन क्षेत्रका समस्या राख्नका लागि आजको बैठक सूचारु गराउन आफूहरु तयार भएको एमालेका सचेतक महेश बर्ताैलाले जानकारी दिनु भयो ।

उहाँले गृहमन्त्रीको जवाफमा सो तस्करी छानविनका लागि उच्चस्तरीय छानविन समिति बनाउने प्रतिवद्धता नआए आफूहरुले संसदमा फेरी कुरा उठाउने पनि स्पष्ट पार्नु भयो । सचेतक बर्तौलाले एमालेले सो तस्करी छानविनका लागि उच्चस्तरीय समिति बनाउने आफ्नो पार्टीको अडान सरकारलाई नै सहयोग गर्न भएकाले नछाडने अडान समेत राख्नु भयो ।

उहाँले भन्नुभयो, 'सरकारको कुरा के छ भने जनताको बीचमा भ्रम छर्ने, प्रतिपक्षले उठाएको मागको विषयमा जनताको बीचमा भ्रम छर्ने, प्रतिपक्षलाई गलाउने, प्रतिपक्षलाई एक ढंगले भन्ने हो भने शिथिल बनाउने र प्रतिपक्ष दलहरुको बीचमा पनि एक प्रकारको फाटो ल्याएर सरकार अगाडि बढन खोज्ने त्यो नीतिका साथ आजको बैठकमा पनि त्यो नियत देखियो । त्यसकारण जति प्रयास गरेपनि चीज उस्ताको उस्तै भन्ने ठाउँमा पुगियो । नीति प्रतिपक्षलाई गलाउने, समाधानतर्फ नजाने, जे अवस्था निर्माण भयो । यसले वास्तवमा सुन तस्करसँग जोडिएको जालोलाई समाप्त गर्न सकिन्छ । यसले अन्तराष्ट्रिय, राष्ट्रिय सबै नेक्ससहरुको जालो खोल्न सकिन्छ । कानुनी त्रुटीहरु, संरचनागत त्रुटीहरु के छन ? त्यो विषयमा हामीले ठिक ढंगले काम गर्न सक्छौं । यो विषयमा सरकार किन डराउनु प¥यो भनेर हामीले पटकपटक भन्यौ । त्यो प्रक्रियालाई पनि अगाडि बढाऊ, त्यो अनुसन्धानलाई पनि अगाडि बढाऔं । त्यसलाई ओभरल्यापिङ पनि गरी पनि नजाने । आज सरसर्ती हेर्दा प्रधानमन्त्रीज्यूको र सत्तापक्षको मनोविज्ञान के देखिन्छ भने प्रमुख प्रतिपक्षलाई गलाउने, उसलाई थकाउने र निचोड केही नदिईकन जनताको बीचमा भ्रम छर्दिने त्यो खेती गर्न सरकार लागिरहेको छ भन्ने हामीलाई अनुभूति भएको छ ।’

सचेतक बर्तौलाले भन्नुभयो ‘सरकार आफ्नो अडानमा रह्यो । उच्चस्तरीय छानविन समिति बनाउछु भन्ने कुरामा ऊ अहिलेसम्म तयार नभएको अवस्था हुँदाहुँदै पनि आज आज गृहमन्त्रीज्यूले केही विषय बताउछु भनेपछि गृहमन्त्रीज्यूको पनि जवाफ सुन्छौं । देशभरी माननीय ज्यूहरुको पनि आफ्ना केही विषय छन भने सुन्छौं । त्यसो हुनाले आज ३ बजे बैठक अगाडि बढछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?