अष्ट्रेलियामा गुञ्जिँदै निर्णय

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । हिपहप गायक निर्णय ‘एन एस के’ अष्ट्रेलियामा गुञ्जिने हुनुभएको छ । ‘सोलफुल रिदम्सः निर्णय ‘एन.एस.के लाइभ इन सिड्नी’नाम दिइएको उक्त कार्यक्रम अष्ट्रेलियाको सिड्नीमा आयोजना हुनेभएको हो ।

सिड्नी र यसका वरपरका क्षेत्रमा रहेका नेपाली समुदायलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यका साथ यो कार्यक्रमको आयोजना गर्न लागिएको हो । यस कार्यक्रमबाट उठेको सम्पूर्ण रकम ‘सफलता एचआईभी शिक्षा सदन’लाई सहयोग गरिने आयोजकले जनाएका छन् । सफलता एचआईभी शिक्षा सदनले एचआईभी संक्रमित बच्चाहरूलाई निःसुल्क शिक्षा प्रदान गर्ने विद्यालय हो ।

३१ अगष्ट २०२३ मा हुनलागेको उक्त कार्यक्रममा निर्णयसँगै अष्ट्रेलियामै बसोवास गर्दै आउनुभएका प्रतिभाशाली गायक रणकनव बस्नेतले पनि सांगीतिक प्रस्तुति दिनुहुनेछ भने कार्यक्रम प्रस्तोताको रूपमा विवेक खतिवडा रहनुभएको छ ।

अक्स्फोर्ड स्ट्रिट, प्याडिङ्गटनमा रहेको प्याड्डो आर.एस.एल क्लबमा आयोजना हुने कार्यक्रमलाई हृयाप्पी सोल विष्ट्रो र ग्रिष्मा ब्रोड्कास्टिंगले संयुक्तरूपमा आयोजना गरेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?