स्काइवर्थका होम अप्लाइन्सेस

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । स्काइवर्थ बिएम सिरिजका होम अप्लाइन्सेस नेपाली बजारमा भित्रिएका छन् । होम अप्लाइन्सेज ब्राण्ड स्काइवर्थले विश्वविख्यात कार निर्माता बिएमडब्लुसँगको सहकार्यमा बिएम सिरिज भित्र्याएको हो ।

विश्वविख्यात कार निर्माता बिएमडब्लुको डिजाइन सेन्टर र स्काइवर्थको सहकार्यमा डिजाइन गरिएका होम अप्लाइन्सहरू विश्व बजारमा लोकप्रिय भइसकेकाले नेपाली बजारमा पनि लोकप्रिय हुने विश्वास कम्पनीले लिएको छ ।

कम्पनीका अनुसार बिएमडब्लुको डिजाइन एलेमेन्ट स्काइवर्थको घरायसी उपकरणमा प्रयोग हुनु भनेको समस्त होम अप्लाइन्स उद्योगमै एउटा नयाँ कोसेढुंगा हो । बिएमडब्ल्युको कोरिया, चीन र जर्मनीका डिजाइनरले डिजाइन वास्तविकतामा ल्याउन धेरै मेहेनत गरेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?