दुई दिनदेखि बन्द भएको जुम्ला नाग्म सडक खुल्यो

विजय रावत जुम्ला, संवाददाता
Read Time = 2 mins

जुम्ला । कर्णाली राजमार्ग सडक खण्ड अन्तर्गत जुम्लाको चन्दननाथ नगरपालिका– ९ स्थित उमगाडमा दुई दिनदेखी बन्द भएको जुम्ला नाग्म सडक शुक्रबार दिउँसाे ३ बजेदेखि खुलेको छ ।

आन्दोलन पक्ष र सरोकारवाला विच सहमति भएपछि राजमार्ग खुलेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक प्रल्हाद कार्कीले जानकारी दिनुभयो । वेपत्ता ट्रयाक्टर चालक धन गिरीले न्याय नपाईएका भन्दै विहीबार विहानदेखी आफन्तले राजमार्ग वन्द गरेका थिए ।

प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरेका अनुसार वेपत्ता व्यक्तिको घटनाको बिषयमा उच्च स्तरीय छानविन समिति गठन गर्ने, पीडित परिवारलाई चन्दननाथ नगरपालिकामा रोजगारको लागि पहल गर्ने र सर्वोच्च अदालतमा ४ दिन भित्र उच्च सरकारी वकिल कार्यालयले मुद्दा अगाडि बढाउने आफन्तसँगकाे सहमति पछि बन्द सडक खुलेको प्रजिअ घिमारेले जानकारी दिनुभयो ।

आफन्तले जिल्ला अदालत र सुर्खेत जुम्ला उच्च अदालतको फैसलाले न्याय नपाईएको भन्दै सडक वन्द गर्नु परेको पीडीत पक्ष बताउँछन् ।

कर्णाली प्रदेशका सांसद देवेन्द्र बहादुर शाही,प्रजिअ घिमिरे, प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक कार्की राजनीतिक दलका प्रतिनिधि, नगरपालिका जनप्रतिनिधि र स्थानीयवासि विच सहमति भएपछि राजमार्ग खुलेको वडाध्यक्ष टेक बहादुर रावतले बताउनुभयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?