पोखरामा पनि रियलमीको सर्भिस सेन्टर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । स्मार्टफोन ब्राण्ड रियलमीले पोखरामा आफ्नो चौथो सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । गुणस्तरीय आफ्टर सेल्स सर्भिस प्रदान गर्ने उद्देश्यले सेवा केन्द्र सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ ।

रियलमी नेपालका कन्ट्री हेड मुनिश गिरीले भन्नुभयो, ‘पोखरामा पनि हाम्रो आफ्नै सेवा केन्द्र स्थापना गर्न पाउँदा हामी अत्यन्तै उत्साहित छौँ । नेपालभरि छरिएर रहनुभएका हाम्रा समस्त ग्राहकलाई राम्रो स्तरको सेवा प्रदान गर्ने हाम्रो प्रतिबद्धता अनुरूप पोखरामा सेवा केन्द्र स्थापना गरेका छौँ । हामीलाई आशा छ, सेवा केन्द्रमार्फत् हाम्रा ग्राहकले स्मार्टफोनसम्बन्धी हरेक समस्याको सहज रूपमा समाधान पाउन सक्नुहुनेछ ।’

रियलमी नेपालको आधिकारिक बिक्रेता जगदम्बा मोबाइल्स र शंकर ग्रुपका एग्जिक्युटिभ डिरेक्टर सक्षम जाटियाले भन्नुभयो, ‘हाम्रो निरन्तर रूपमा वृद्धि भइरहेको लोकप्रियताले रियलमीप्रतिको नेपाली ग्राहकको विश्वास झल्काएको छ । यो साथ र विश्वासका लागि हामी सम्पूर्ण नेपाली ग्राहकवर्गप्रति आभारी छौँ ।’ रियलमीले कम मूल्यमा फ्ल्यागसिपस्तरका सुविधा प्रदान गर्दै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?