अबरुद्ध संसद खुलाउन अब कांग्रेसले पहल गर्नुपर्छ : प्रकाशमान सिंह

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले निरन्तर संसद् अवरुद्ध खुलाउन पार्टीले पहलकदमी लिनु पर्ने बताउनु भएकाे छ ।

संसद अबरोध गर्नु उचित नभएको भन्दै ठुलो दलको हैसियतमा कांग्रेसले अबरुद्ध संसद खुलाउन पहलकदमी लिनु पर्ने बताउउनु भएकाे हाे ।

कांग्रेस काठमाडौं क्षेत्र नं १ ले आयोजना गरेको  कार्यक्रममा बोल्दै नेता सिंहले सम्वादमार्फत् संसद् सुचारु गर्न प्रतिपक्षी दल नेकपा एमालेले सबैभन्दा बढी त्याग गर्नु पर्ने बतानुभयाे । ‘प्रमुख प्रतिपक्षी दलले निरन्तर संसद अबरोध गरिरहेको छ, यो संसद अबरुद्ध भईरहनु राम्रो कुरा होइन, अब ठुलो दलको हैसियतमा कांग्रेसले नै संसदको अबरोध हटाउन पहल गर्नुपर्छ,’ सिंहले भन्नुभयाे ।

बिगतमा पनि कांग्रेसले नै अगुवाइ गरेर धेरै बिषयको राजनीतिक गतिरोध अन्त्य भएको स्मरण गराउँदै सिंहले तत्कालै यसका लागि पहल गर्नुपर्ने बताउनुभयाे ।

१०० केजी सुन प्रकरण भन्सारवाट निकाले पछि राजश्व अनुसन्धान बिभागले समाएको थियो । साउन पहिलो साता समातेको सो सुन अघि पनि सयौं केजी सुन तस्करीमार्फत आएको जनाउँदै प्रतिपक्षी दल एमालेले उच्चस्तरीय छानबिन समिति बनाउनु पर्ने माग गर्दै निरन्तर संसद अबरुद्ध गर्दै आएको छ । जसकाकारण संसद सुचारु हुन नसकिरहेको बेला कांग्रेस नेता सिंहको सो भनाई बाहिर आएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?