‘मेरो भ्वाईस यूनिर्भस’ र ‘मेरो डान्स यूनिर्भस’ फाइनल भदौमा

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । रियालिटी सो ‘मेरो भ्वाईस यूनिर्भस’ र ‘मेरो डान्स यूनिर्भस’को फाइनल अगामी २ भदौमा हुने भएको छ । आयोजक ईन्ट्रा नेपाल वेलफेयर फाउन्डेशनले राजधानीमा एक कार्यक्रम गर्दै फाइनल ललितपुरको गोदावारीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने जानकारी दिइएको हो ।

कार्यक्रममा ‘मेरो भ्वाईस यूनिर्भस’ तर्फ छनौट भएका उत्कृष्ट पाँच र ‘मेरो डान्स यूनिर्भस’ तर्फको उत्कृष्ट ६ प्रतियोगी सार्वजनिक गरिएको थियो । ३० एपिसोड प्रसारण भएको ‘मेरो भ्वाईस यूनिर्भस’ टप फाईभमा सिक्कमबाट शिशिर ठटाल र प्रितम राई, दार्जलिङबाट साइईराज खाती तथा नेपालबाट परेश राई र शरद हुमागाईं हुनुहुन्छ ।

त्यसैगरी ‘मेरो डान्स यूनिभर्स’तर्फ मिङा डि लेप्चा सिक्किम, खुसी कार्की थाइल्यान्ड, देवी गर्वुजा मगर बेल्जियम र नेपालबाट नेशन सुस्लिङ मगर, साजन गुरुङ र स्वस्तिक अर्याल हुनुहुन्छ । यी दुवै रियालिटी शोमा प्रमुख बिजेताले एक करोड पाउनेछन् भने उप–विजेताले ३० लाख र तेस्रो हुनेले २० पुरस्कार जित्नेछन् ।

विश्वभर रहेका रहेका नेपालीहरूलाई सांस्कृतिक माध्यमबाट एक जुट बनाउने उद्देश्य यो प्रतियोगिता गरिएको आयोजकको भनाइ छ । शोका निर्देशक एलन श्रेष्ठ हुनुहुन्छ ।

दुई रियालीटि शो मध्य डान्सतर्फ मिथिला शर्मा, शंकर विसी, दीलिप रायमाझी, प्रियंका कार्की, केकी अधिकारी र नरमान राई निर्णायक र गेष्ट निर्णायकमा ऋचा शर्मा हुनुहुन्छ भने होस्टमा नरेश भट्टराई र सुनिता गुरुङ रहनुभएको छ । मेरो भ्वाईसतर्फ दीप श्रेष्ठ, सुरेश अधिकारी, अञ्जु पन्त, शिव परियार, पुष्पन प्रधान, सुजता बर्मा निर्णायक र रिमा विश्वकर्मा र सन्दीप क्षेत्री होस्ट हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?