महरालाई गिरफ्तार गरेर हुन्छ कि बयान लिएर हुन्छ प्रतिवादी बनाएर छानबिन गर्न निर्देशन दिइसकेको छु : प्रधानमन्त्री

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले पार्टी उपाध्यक्ष कृष्णबहादुर महरामाथि छानबिन गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई निर्देशन दिइसकेको बताउनु भएको छ ।

बालुवाटारमा जारी प्रमुख सञ्चारमाध्यमका सम्पादकहरुसँगको छलफलमा प्रधानमन्त्रीले उक्त जानकारी गराउनु भएको हो ।

सुन तस्करी प्रकरणमा नाम आएसँगै आफूले महरालाई गिरफ्तार गरेर हुन्छ कि बयान लिएर हुन्छ प्रतिवादी बनाएर छानबिन गर्न सीआईबीलाई निर्देशन दिएको प्रधानमन्त्रीले बताउनु भयो ।

‘मैले सीआईबीका प्रमुख र आईजीपीलाई बोलाएर महराको नाम समावेश गर्नु गल्ती कि प्रतिवादी नबनाएर गल्ती गरेको हो ? सोधेँ, जवाफमा उनीहरूले नाम समावेश हुनु गल्ती हो भने’, प्रचण्डको प्रष्टीकरण थियो ।

साथै सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिलाई प्राथमिक काम बनाएको उहाँले बताउनु भयो ।

पूर्व सभामुख महरा र छोरा राहुलले सुन तस्करीका अभियुक्तसँग पटक–पटक फोन संवाद गरेको समाचार बाहिरिएका थिए ।

९ किलो सुन रहेको विद्युतीय चुरोट (भेप) छुटाउन समेत महराले भन्सारमा फोन गरेको सार्वजनिक भइसकेको छ ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?