चर्चित तीन काण्डको फायल खोल्ने हो भने औँलामा गन्न सकिने बाहेक नेता रहँदैनन् : सभापति लामिछाने

प्रकाश नेपाल इलाम, संवाददाता
Read Time = 2 mins

इलाम । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चर्चित तीन काण्डका फायल खोलिनुपर्ने बताउनुभएको छ । उहाँले एयरपोर्टबाट भित्रिएका सुन काण्ड, नक्कली भुटानी शणनार्थी काण्ड सहित ललिता निवास प्रकरण जस्ता बिषयको छानबिन गरिनुपर्ने बताउनुभयो ।

सभापति लामिछानेले यि बिषयको फाईल खुलेर अनुसन्धान भएमा देशमा औँलामा गन्न सकिने बाहेक नेता नरहने उद्घोस गर्नुभयो ।

बिहिबार इलामको फिक्कल चोक बजारमा आयोजित पार्टीको खुल्ला जन सभालाई सम्बोधन गर्दै उहाँले आफुहरु जनजीविकाका पक्षमा काम गर्न आएकाले एकपटक अवसर दिएर मौका दिन आग्रह समेत गर्नुभयो । उहाँले भन्नुभयाे, 'कुन सिद्धान्त ? कुन वाद ? कुन नीति हो ? हामीलाई थाहा छैन ।' उहाँले भन्नुभयो, “हरेक मान्छेका छोराछोरीले गुणस्तरीय शिक्षा पाउन् भन्ने हाम्रो सिद्धान्त छ । यो कुन सिद्धान्त हो रु हामीलाई थाहा छैन । वृद्धवृद्धालाई घरमा गएर स्वास्थ्य जाँच गर्ने, उपचारमा लैजाने हाम्रो काम हो ।''

यी सिद्धान्त मन परेमा रास्वपासँग सम्झौता गर्न रविको आग्रह थियो । लामिछानेले घुमाउरो शैलीमा भोट फकाउँदै २०८४ मा हुने आम निर्वाचनमा इलामका जनताले रास्वपाका उम्मेद्वारलाई जिताएर परिवर्तनको घण्टी बजाउनुपर्ने बताउनुभयो ।

सूर्योदय नगर समितिले आयोजना गरेको खुल्ला जन सभामा पार्टी सभापति लामिछाने, नेता रमेश प्रसाईँ लगायतले मन्तब्य राख्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?