पैदलबाटै देश घुम्न निस्केका पाध्या अर्घाखाँची पुगे

हिमालय टाइम्स
Read Time = 3 mins

अर्घाखाँची । नेपालका ७७ जिल्लामा पैदलयात्रामा निस्किएका कैलालीका देवराज पाध्या अर्घाखाँची आईपुगेका छन् ।

पैदलयात्रा शुरु गरेको १ सय ५६ दिनमा पाध्या अर्घाखाँची आईपुगेका हुन् । अर्घाखाँची हुँदै भोली प्युठान पुग्ने पाध्याले बताए ।

बाजुरा जन्मिई हाल कैलाली स्थाई घर भएका ३७ पाध्या अर्घाखाँची सहित ७० जिल्ला पुगिसकेको बताए । ‘आफ्नै खुट्टाले नेपाल घुम्ने मन लाग्यो,’ पाध्याले भने ‘कति दिनमा देश घुमिदो रहेछ भन्ने जान्न मन लागेपछि यात्रा शुरु गरेको हुँ ।’

यसभन्दा अघि ७७ जिल्ला घुम्ने पैदलयात्रीको विययमा जानकारी नभएको पाध्याले बताए । ‘साइकल र गाडीमा हिड्नेहरू भए पनि पैदलयात्रीको विषयमा मलाई जानकारी छैन,’ पाध्याले भने ।

यात्रा शुरु गर्नुपुर्व कैलालीमा रहेको गौरिगंगा नगरपालिकालाई आफ्नो यात्राको विषयमा जानकारी दिएकोमा नगरपालिकाले २० हजार रुपैयाँ आफ्नो खातामा राखिदिएको उनले बताए । छिटफुट ५/७ सय सहयोग आउने गरेको भएपनि हालसम्म सरकारी स्तरबाट कुनै सहयोग नभएको पाध्याले बताए ।

भ्रमणको क्रममा स्थानियहरुको राम्रो साथ पाएको पाध्याको भनाइ छ । ‘कतैपनि असहज, अप्ठायारो महशुश गर्नुपरेको छैन,’ उनले भने, ‘लुटपाट तथा कुटपिटको अनुभव समेत गर्नुपरेको छैन ।’

साँझ जहाँ पुगिन्छ, त्यहीबाट अर्को दिनको यात्रा शुरु गर्ने गरेको उनले जानकारी दिए । ‘खोटाङमा बास पाईन, सोलु सल्लेरी, धादिङमा बास पाईन,’ पाध्याले भने ‘अन्यत्र राम्रो प्रतिक्रिया पाएको छु ।’

अब प्युठान, रोल्पा, दाङ, बाँके बर्दिया, कैलाली र कञ्चनपुरसहित सात जिल्ला बाँकी रहेको पाध्याले बताए । अझै बिस दिनमा सक्ने अनुमान गरेका पाध्याले समापन भने कन्चनपुर जिल्लाबाट गर्ने सोच बनाएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?