संसद अवरोध हटाउन राजनीतिक दलहरुबीच सहमति गर्नुको विकल्प छैन : सभामुख घिमिरे

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । सभामुख देवराज घिमिरेले संसदको अवरोध खुलाउन राजनीतिक दलहरुबीच सहमति गर्नु बाहेकको विकल्प नरहेको बताउनुभएको छ ।

आईतवार संसदको अवरोध खुलाउन दलका प्रमुख सचेतक र सचेतकहरुसँगको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संसदको अवरोध हट्ने कुरा सुन तस्करीको छानबिन गर्नको लागि उच्चस्तरीय छानबिन समिति बनाउनेकुरामा अड्किएको बताउनु भयो ।

उहाँले प्रतिपक्षले उच्चस्तरीय छानबिन समिति बनाउन सरकारलाई आदेश नदिएको आरोप लगाएको बताउनु भयो । उहाँले दलहरुको बीचमा समझदारीको वातावरण बन्नसके संसद अवरोध हट्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘संसद खुलाउने प्रयास छ र खुल्नुपर्छ भन्ने मान्यता सबैको छ । खुल्ने की नखुल्ने भन्नेकुरा समिति बनाउने की नबनाउने भन्नेमा नै गएर अड्किने गरेको छ । दलहरुसँगै छलफल गर्ने हो, अहिले पनि दलमा छिटो समस्या मिलाउनुस् भनेको छु । प्रतिपक्षले सत्तालाई तुरुन्त आदेश निर्देश गरेर समिति बनाउन भन्ने निर्देशन दिन सभामुखले आफ्नो कर्तव्य निभाउनु पर्छ, सभामुख सरकारको पछिपछि हिँडेर हुन्छ, प्रतिपक्षले माग गर्नेकुरा नाजायज छ ? सरकारलाई सघाउन सरकारका अंगले ठिक गर्छन् भनेर बसेर मात्रै हुन्छ भन्ने आरोप छ । समस्याको समाधान गर्न दलहरुले वातावरण बनाउनु पर्छ, निकास दिनुपर्छ, मैले सक्दो सहयोग गरिरहेको छु । कोशिस पुगेन भन्ने छ, के हुँदा हुन्छ म त्यो गर्न तयार छु । उहाँहरुले त्यसमा सहमति गर्नु बाहेक अर्को बाटो छैन । दलहरुकै बीचमा समझदारीको वातावरण हुनुपर्छ ।’

सभामुख घिमिरेले संसदको अवरोध हटाउनका लागि आफूले दलका नेताहरुसँग बसेर छलफल गरिरहेको बताउनु भयो ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?