संसद बैठक चल्न नदिन सरकार र प्रतिपक्ष दुवै दोषी : डा कोईराला

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका नेता शेखर कोईरालाले संसद बैठक चल्न नदिन सरकार र प्रतिपक्ष दुवै दोषी रहेको बताउनुभएको छ ।

आईतवार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा उहाँले संसद तत्काल सुचारु गराउनका लागि संयोजनकारी भुमिका निर्वाह गर्न सरकारसँग आग्रह समेत गर्नुभयो । देश र जनताको कुरा भएकाले संसद बैठक छिटो भन्दा छिटो सुचारु गरानुपर्ने नेता कोइरालाको भनाई थियो । उहाँले संसदीय व्यवस्थामा प्रतिपक्षले सरकारलाई गाली गर्ने र सरकारले प्रतिपक्षले काम गर्न दिएन भन्ने कुरा स्वभाविक भएपनि संसद बैठक भने सुचारु गराउनुपर्ने बताउनु भयो ।

नेता कोइरालाले भन्नुभयो, ‘संसद छिटो भन्दा छिटो चल्नुपर्छ । अब पर्सी बैठक बोलाइएको छ । हेरौँ, के गर्नुहुन्छ ? यो एमाले, माओवादी र काँग्रेसको कुरै होइन । यो नेशनको कुरा हो । देशको कुरा हो । राष्ट्रको कुरा हो । संसद चल्नुपर्छ । म एउटा सांसद हो नेपाली काँग्रेसको । हाम्रो सभापतिजी, जो संसदीय दलको नेता हुनुहुन्छ । उहाँहरुले कोअर्डिनेट गर्ने कुरा हो । सरकारले कोअर्डिनेट गर्ने कुरा हो । हामीहरु त आउँछौं । यी यस्तै भइराखेको छ । संसद चलाउनु प¥यो । प्रतिपक्षले यो दुनियाँको नियम हो । संसदीय व्यवस्थामा प्रतिपक्षले सत्तापक्षलाई एट्याक गर्ने, गाली गर्ने । अनि, सत्तापक्षले पनि भन्ने–प्रतिपक्षले गर्न दिएन भनेर । चल्न दिएन भन्ने । तर म के भन्दैछु भने–हामी दुइटै दोषी हौं भन्दैछु । यो सरकारले गर्ने काम हो । प्रतिपक्षले गर्ने काम हो । यो नेपाली काँग्रेस, एमाले, राप्रपा वा कुनै पार्टीको कुरा होइन नि । ’

नेता कोईरालाले सदन चलाउने कुरा देश र जनताका लागि आवश्यक भएकाले त्यस्ता कुरामा राजनीतिक दलहरुले अडान लिन नहुने दोहो¥याउनु भयो ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?