एसियाड टोलीको मेडिकल पार्टनरमा ब्लु क्रस

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । चीनको हाङझावमा सेप्टेम्बर २३ देखि अक्टोबर ८ तारिखसम्म हुने १९औँ एसियाली खेलकुदमा सहभागी हुने नेपाली टोलीको उपचारका लागि स्वास्थ्य सेवा उपलब्ध गराउने सम्बन्धमा राष्ट्रिय खेलकुद परिषद् र ब्लु क्रस हस्पिटल प्रालिबीच सम्झौता भएको छ ।

तालिम तथा प्रशिक्षण विभागका प्रमुख एवं १९औँ एसियाली खेलकुद तयारी समितिका सचिव प्रचण्ड शर्मा र ब्लु क्रसकी वित्तीय तथा प्रशासनिक निर्देशक सतिदेवी गौतम सिंहले सोसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो । ब्लु क्रस हस्पिटलले सहुलियत दरमा एसियाड टोलीका सदस्यलाई उपचार सेवा उपलब्ध गराउनेछ । सम्झौता २०२३ नोभेम्बर ८ तारिखसम्म कायम रहनेछ ।

कार्यक्रममा प्रशासन विभागका प्रमुख प्रेमबहादुर मल्ल, खेलकुद चिकित्सा तथा अनुसन्धान केन्द्रका प्रमुख दोबे तामाङ, ब्लु क्रसका श्रीप्रसाद तिवारी र सन्ध्या केसीलगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?