राप्रपा नेपालको केन्द्रीय समिति बैठक आजदेखि

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपालको केन्द्रीय कार्य समितिको बैठक आज (बिहीबार)देखि सुरु हुने भएको छ ।

काठमाडौंमा शुक्रबारसम्म चल्ने बैठकका लागि राप्रपा नेपालले यसअघि नै कार्यसम्पादन समितिको बैठकबाट एजेन्डा तय गरिसकेको छ ।

महामन्त्री राजाराम बर्तौलाका अनुसार अध्यक्ष थापाको राजनीतिक कार्यपत्रसँगै राजसंस्थाको विषयमा पार्टीको आधिकारिक धारणाबारे प्रतिवेदन प्राडा विष्णु भण्डारीले पेस गर्नु हुनेछ ।

यसैगरी बैठकमा संगठन सम्बन्धी प्रतिवेदन महामन्त्री एवम् विभाग प्रमुख बर्तौला, आर्थिक प्रतिवेदन कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीले प्रस्तुत गर्नुहुनेछ । सबै प्रतिवेदनमाथि छलफल गरेर पार्टीले आगामी कार्यदिशा तय गर्ने बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?