बर्लिन । जर्मनीले वाल स्ट्रिट जर्नलका पत्रकार इभान गेर्शकोविचलाई तीन महिना हिरासतमा राख्ने रुसी अदालतको निर्णयको निन्दा गरेको छ । विदेशमन्त्री एनालेना बेरबकले मस्कोको यो निर्णयलाई ‘क्रुर’ प्रणालीको उदाहरण भएको बताउँदै उहाँलाई निःशर्त थुनामुक्त गर्न माग गर्नुभएको छ ।
पत्रकार गेर्शकोविचलाई जासुसीको आरोपमा गत मार्चमा पक्राउ गरिएको थियो । उहाँले आफूमाथि लगाइएको आरोपको खण्डन गर्नुभएको छ । मस्कोस्थित कारागारमा उहाँलाई राखिएको छ । उहाँमाथि लगाइएको अभियोगमा बिहीबार भएको सुनुवाइका बेला अदालतमा कुनै पनि पत्रकारलाई प्रवेश दिइएको थिएन ।
मखुण्डोलगाएका सुरक्षाकर्मीले हथकडी लगाएका उहाँलाई अदालतमा लिएर गएका थिए । रुसले उहाँमाथि लगाइएका आरोपको कुनै प्रमाण दिएको छैन । यसैबीच, अमेरिकी राष्ट्रपति जो बाइडेनले पत्रकार गेर्शकोविचलाई बिना शर्त तत्काल रिहा गर्न माग गर्नुभएको छ । रासस/एएफपी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच