‘संगीत स्टार’को तेस्रो संस्करण आउँदै

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । ‘संगीत स्टार’को तेस्रो संस्करण आउने भएको छ । पहिलो र दोस्रो संस्करणपछि कोरोनाकालमा रोकिएको टेलिभिजन रियालिटी शो ‘संगीत स्टार’लाई निरन्तरता दिन लागेको कार्यक्रम निर्माण कम्पनी संगीत फिल्मस्’ले जनाएको हो ।

गायन र नृत्य विधा जोडिएका क्षमतावान् प्रतिभालाई स्थान दिने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको कार्यक्रम निर्माता तथा प्रस्तोता संगीत बस्यालले जानकारी गराउनुभयो ।

दशैंपछि सुरु हुने संगीत स्टारको तेस्रो संस्करणअन्तर्गत आगामी कात्तिक २८ देखि पौष २८ गतेसम्मलाई डिजिटल अडिशन तोकिएको छ । डिजिटल अडिसनबाट छनोट भएका उत्कृष्ट प्रतिभाहरूको फिजिकल अडिशन माघ २३ बाट सुरु हुने बस्यालले बताउनुभयो । उहाँका अनुसार फिजिकल अडिशन देशका सातै प्रदेशमा सञ्चालन हुनेछन् ।

खुला प्रतिस्पर्धाबाट अडिशन सञ्चालन हुँदा गायन र नृत्य विधामा इच्छुक जो कोहिले यो प्रतिस्पर्धामा सहभागी जनाउन सक्नेछन् । दुवै विधाका उत्कृष्ट प्रतिभा छनोट हुँदा पहिलो हुनेले २५ लाख प्राप्त गर्ने जनाइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?