राष्ट्रिय गीत ‘माटोको माया’ सार्वजनिक

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । गीतकार ज्ञानप्रसाद भट्टराईको राष्ट्रिय गीत ‘माटोको माया’ सार्वजनिक भएको छ । नीमा शेर्पा तथा पुजन मिश्रको स्वर र कमल अधिकारीको संगीत एवं एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

विजयराज भुर्तेलको निर्देशन र छायांकन रहेको गीतको भिडियोमा राष्ट्रभक्त नेपालीले आफ्नो देशप्रति दर्शाएको माया र सद्भाव देख्न सकिन्छ । गीतको भिडियोमा गीतकार एवं गायक गायिकाका साथै नेपालय इंगिलस बोर्डिङ स्कुलका विद्यार्थीको अभिनय छ ।

गीतकार भट्टराई विगत तीस दशकदेखि शिक्षण पेशामा आबद्ध संलग्न हुनुहुन्छ । कविता र गीत विधामा कलम चलाउँदै आउनुभएका स्रष्टा भट्टराईका आधा दर्जन जति गीत श्रोता/दर्शकमाझ आएका छन् । उहाँको ‘जय नेपाल’, ‘फूल चढाई के गरौं’ जस्ता गीतलाई श्रोता/दर्शकले औधि मन पराएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?