विराटनगर । धरानका मेयर हर्क साम्पाङलाई उच्च अदालत विराटनगरले व्यक्तिको जग्गामा जबर्जस्ती प्रवेश नगर्न, जग्गाधनीलाई धरपकड नगर्न आदेश दिएको छ।
बिहीबार उच्च अदालतका न्यायाधीश दिनेशप्रसाद यादवको एकल इजलासले प्याराग्लाइडिङ व्यवसायी रोशन अधिकारी र रोजिना अधिकारीको जमिनमा प्रवेश नगर्न, उनीहरूमाथि धरपकड नगर्न आदेश दिएको हो।
धरान ४ स्थित छोटी मोरङ डाडामा रहेको रोशन अधिकारी र रोजिना अधिकारीको जमिनमा मेयर साम्पाङले जबर्जस्ती बिरूवा रोपेको भन्दै अधिकारी दम्पती यसअघि नै अदालत गएका थिए।
सोमबार मेयर साम्पाङ पुन: त्यही विवादित जग्गामा पुगेपछि अधिकारी दम्पतीले प्रतिवाद गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल छ ।
विवादपछि साम्पाङले आफूमाथि दुर्व्यवहार भएको भन्दै प्रशासनमा उजुरी दिएपछि अधिकारी दम्पती निषेधाज्ञा माग गर्दै उच्च अदालत विराटनगर आएका थिए । जिल्ला प्रशासन कार्यालयलगायत विपक्षीको नाममा कानुन बमोजिम बाहेक निवेदकलाई पक्राउ नगर्न र निवेदकको जग्गामा प्रवेश नगर्न उच्च अदालतले अन्तरिम आदेश दिएको हो ।
यसअघि पनि साउन ११ गते उच्च अदालत विराटनगरका न्यायाधीश मिलनकुमार राईको इजलासले अन्तरिम आदेश जारी गर्दै ‘मुद्दाको अन्तिम किनारा नलागेसम्म उक्त जग्गामा अनधिकृत रूपमा प्रवेश नगर्न, वृक्षरोपण गर्ने कार्य नगर्न, नगराउन’ भनेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच