बुद्धिचाल टोली युएई प्रस्थान

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । युनाइटेड अरब इमिरेट्स चेस महासंघको आयोजनामा भदौ ११ गतेदेखि १७ गतेसम्म हुने एसियन एमेच्योर चेस प्रतियोगितामा सहभागी हुन नेपाली टोली आइतबार युएई प्रस्थान गरेको छ । अफिसियल खेलाडीमा २०८० असार ९ गतेदेखि १३ सम्म धनगढीमा भएको पाचौँ राष्ट्रिय एमेच्योर खुलातर्फका विजेता दोलखाका आशिष फुयाल र महिलातर्फ विजेता कैलालीकी कुसुम पाण्डे रहनुभएको छ ।

अन्य खेलाडीमा धनबहादुर बोगटी, कैलाली, भीमदत्त पाण्डेय, कञ्चनपुर, राजिव कार्की, दोलखा, जितबहादुर केपछाकी, कैलाली, गोविन्दमान श्रेष्ठ दोलखा र भोजराज चौलागाई दोलखा रहेका छन् ।

आशिष फुयालले २००० रेटेडतर्फ प्रतिस्पर्धा गर्नुहुनेछ भने अन्य सबै खेलाडीहरूले १७०० मुनिको रटिङमा प्रतिस्पर्धा गर्नेछन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङले शनिबार एक कार्यक्रमबीच बिदाइ गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?